काठमाडौं, असोज २९
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वबाट राजीनामा माग गर्नेहरुलाई बहुमत सख्या पु¥याउन खुल्ला चुनौति दिएका छन् ।
केन्द्रीय कमिटीको वुधबारको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले आफू विधि र वैधानिक प्रक्रिया मान्न तयार रहेको भन्दै बहुमत जुटाउन चुनौति दिएका हुन् ।
केन्द्रीय सचिवालय बैठकमा केही नेताहरुले सरकारको नेतृत्वमा रहेका कारण जेनजी आन्दोलनमा भएको क्षतिको नैतिक जिम्मेवारी लिएर पार्टी अध्यक्षबाट राजीनामा दिन ओलीलाई सुझाव दिएका थिए । केन्द्रीय कमिटी बैठकमा पनि त्यस्तो सुझाव आउनसक्नेतर्फ संकेत गर्दै राजीनामा माग्ने नेताहरुलाई उनले खुल्ला चुनौति दिएका छन् ।
‘घर जले पनि, मारिने अबस्था सिर्जना हुँदा पनि केपी ओलीले अँध्यारो मुख लगाउन जानेको छैन । केपी ओली हट्नुपर्छ भनेका बेला एकदम खुसीसाथ फेरि पनि कमरेडहरुको आदेशमा हट्न तयार छ ।
यो आदेश दिने ठाउँ हो, यसको आदेशमा मान्छु । तर कमिटीमा बसेका कोही पनि सदस्यले कमिटी बाहिर गएर, अखबारवाजी गरेर, लोकप्रियतावादका पछि कुदेर के लोकप्रियतावाद हुन्छ ?’
ओलीले भने,‘कतिपय साथीहरुले मलाई भन्नुहुन्छ, तपाईंलाई बोकेर जानै सकिदैंन । किन बोक्नुप¥यो रु म आफैं हिड्छु । हिँडन नसक्ने होइन, दौडनसक्ने अबस्थामा छु । बोक्नुपर्दैन ।
प्रश्न के हो भने, केन्द्रीय कमिटीले के भन्छ, महाधिवेशनले के भन्छ । व्यक्तिगत ईच्छा पूरा गर्न म हिडेको होइन । यो देशको ईच्छा पूरा गर्ने अगुवाई यो पार्टीले गर्छ, पार्टीले जे भन्छ, त्यही हुन्छ । हट्ने पनि विधि र प्रक्रिया हुन्छ ।’
