नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू कहिल्यै बिग्रिएको नभएको बताएका छन्।
एमालेको दशौँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ, र सो अवसरमा अध्यक्ष ओलीले सम्बोधन गर्दै आफूलाई ‘सप्रिनुपर्ने’ भन्ने टिप्पणीहरू अनुचित भएको बताएका हुन्।
“केपी ओली बिग्रिएको भए पो सप्रिनु,” उनले प्रष्ट पारे, “यदि सप्रिनको अर्थ देशभक्ति, राष्ट्रिय स्वाधीनता र विकासको अडान छोड्नु हो भने म सप्रिनु चाहन्न।”
ओलीले पार्टीभित्र छलफल नगरी बाहिर गएर आलोचना गर्ने र विरोधीका सुरमा बोल्ने प्रवृत्तिको समेत आलोचना गरे। यस्ता गतिविधि गर्नेहरू नै सच्चिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
