१)ओली सर, कृपया अब अहङ्कार र दम्भ त्याग्नुस् । जति दिन तपाईँ नेतृत्वमा रहनुहुन्छ, त्यति नै एमालेको ओरालो यात्रा अझै तीब्र भएर जान्छ । अब धेरै भयो, तपाईँले आफ्नै विवेकले नै नेतृत्व छोड्दा राम्रो हुन्छ ।
२)तोप पड्कँदा पनि सरकार ढल्दैन भन्नुभएको थियो, देशमा सब ठीकठाक छ भन्दै हुनुन्थ्यो । अघिल्लो दिनको विधान महाधिवेशनमा सब ठीक छ भन्दै आफ्नो अद्वीतीयता प्रमाणित गर्दै हुनुहुन्थ्यो । कोही कोही नानीबाबुहरू क्ष् यिखभ थयग प्ए द्यबब को नारा लगाउँदै थिए । न्भल श का नानीबाबुहरूले लेखेटेपछि बल्ल हेलिकप्टेरको उचाइमा पुगेर सत्ता छोड्नुभयो । आज तपाईँको नेतृत्वमा राष्ट्रले खरानी, आँसु र शोक उपहार पाएको छ ।
३) अहिले पार्टीमा पनि सब ठीकठाक छ भन्दै हुनुन्छ । कतिपयलाई पार्टीमा टिकट दिने र नदिने भनेर घुमाउरो पारामा धम्काउँदै हुनहुन्छ रे । तपाईँलाई थाहा छैन रहेछ( आज तपाईँकै नेतत्वमा पार्टी रहँदा चुनाब लड्न चाहनेहरूको सङ्ख्या सोध्नुहोला । अधिकांश मानिसहरू चुनाब लड्न तयार छैनन् ।
उनीहरू स्पष्ट छन्( १। चुनाब हारिन्छ,२। शिर झुकाउनुपर्छ, ३। जनताले लखेट्ने खतरा रहन्छ । जनता र एमाले आमनेसामने हुनु भनेको अर्को ठूलो दुर्भाग्य हो । कृपया हिजोका भोट गनेर नबस्नुस् ।
४)पार्टीमा तपाईँले समयमै परिवर्तित परिस्थितिलाई आँकलन गर्न सक्नुभएन भने दुइटा मात्र विकल्प रहला( या त तपाईँले आधाभन्दा बढीलाई पार्टीबाट लखेट्नुहुनेछ या त जेनजी पुस्ताका युवायुवतीले विद्रोह गरेर तपाईँको एकलौटीपनलाई नलखेट्लान् भन्न सकिँदैन, त्यस्तो नहोस्, जुन सिङ्गो एमालेका लागि दुर्भाग्य हुनेछ, फलतः देशकै लागि दुर्भाग्य हुनसक्छ ।
५)तपाईँले केन्द्रीय कमिटीमा बोलेको सुनेँ । अझै कति तर्साउनु हुन्छरु तपाईँलाई अलिकति पनि ग्लानी देखिँदैन । यो कहिलेसम्मरु तपाईँमा मपाईँत्व मात्र छ, सामूहिकता त केबल आफू अनुमोदन हुने कुराका लागि मात्र देखिन्छ । मोहजाल, मायाजाल, त्रासदी, डरमा पारेर इन्द्रजालरूपी तानाबानामा कति बेवकुफ बनाउनुहुन्छ । अब त धेरैले बुझिसके । अब तपाई नै व्युँझनुस्, अहङ्कार त्याग्नुस्, अरूलाई नेतृत्वमा ल्याउनुस् ।
६) तर स्पष्ट हुनुस्, नयाँ पार्टी खोल्न खोज्नेहरूले र एमालेको ओरालो हेर्न चाहनेले भने तपाईँलाई नै एमालेको निरन्तर अध्यक्ष भइरहेको देख्न चाहन्छन्, किनकि उनीहरूलाई तपाईँको अनुहार देखाएर नै एमाले खुइल्याउनु छ ।
७) म २६ वर्ष देखि नेकपा एमालेको सङ्गठित सदस्य छु, तर तपाईँको घमण्डको दुश्चक्रमा परेको यो दुनियाँका सामुन्ने छु भन्नका लागि पनि लाज लाग्ने भएको छ । मलाई थाहा छ, अब तपाईँले भन्नुहुनेछ, पार्टी छोडेर गइहाल्, वा कार्वाही भोग्नु किनकि तपाईँलाई आफ्नो तुष्टि मात्र ठूलो छ, सबै सदस्यहरूको रगत(पसिनाको फलको रूपमा यो राज गरेको बिर्सिसक्नुभएको छ र आफ्नो करिश्माले आर्जन गरेको ठान्नुभएको छ । तपाईँको मात्रै दोष होइन, विश्वका धेरै शासकहरूलाई विगतका पनि आफ्नो पतनअघि यस्तो अहङ्कार आएको इतिहास देख्न सकिन्छ ।
८) तपाईँका लागि भजनमण्डलीबाहेक अरूको कुनै मूल्य छैन । न्याय र समानताको लागि भनेर पार्टीमा लागेकाहरूलाई तपाईँले कुन तहको अन्याय र असमानताबाट लपेट्नुभयो, त्यो भनीसाध्य छैन। आवाज उठाउनेको मुखमा ठेडि कोचेर, निस्कासन गरेर वा अल्मल्याएर अझै कति दिन राज गर्नुहुन्छरु कृपया व्युँझनुस् ओली सर, नभए एमालेका सदस्यहरू यसरी ब्युँझनेछन् कि उनीहरूको आवाजले तपाईँ कहिल्यै पनि सुत्न सक्नु हुनेछैन ।
(डा. बास्तोला एमाले निकट अनेरास्ववियुका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । )
