काठमाडौं, कात्तिक २
प्रहरीले ललितपुर महालक्ष्मी नगरपालीका–१ रातामकै चोकबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं चन्द्रागिरी न.पा.१३ घर भएका जिवन थापाले संचालन गरेको स्वाद रेस्टुरेन्टको तेस्रो तलामा जुवा तास खेलिरहेको भन्ने सुचानाको आधारमा प्रहरी वृत सातदोबाटोबाट डिएसपी.पूर्णिमा चन्दको कमाण्डमा १५ जनाको प्रहरी टोली खटिगई जुवातास खेलिरहेको अवस्थामा खोलेको ३ बुक तास,नखोलेको ५ बुक तास,नगद रु. ८लाख ७५हजार तथा जिवन थापा समेत १० जनालाई नियन्त्रणमा लिएका छ ।
पक्राउ पर्ने व्यक्तिहरूः–
१) रेष्टुरेन्ट संचालक जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा.१३ घर भइ जि.ल.पु.महालक्ष्मी न.पा.–४ स्वस्तिक टोल बस्ने वर्ष ४८ को जिवन थापा ।
२) जि.कैलाली घोडाघडी न.पा.१ घर भइ म.न.पा.–५ टिकाथली बस्ने वर्ष ३५ को दिपेश ऐर
३) जि.ल.पु.म.न.पा.४ लुभु लामाटार घर भइ ऐ.बस्ने वर्ष ४९ को राकेश खडका ।
४) जि.भक्तपुर सुर्यविनायक न.पा.–१ घर भइ ऐ.बस्ने वर्ष ५५ को मनोज बानिया ।
५) जिल्ला नुवाकोट विदुर न.पा.३ घर भइ ललितपुर इमाडोल बस्ने वर्ष को ४२ को समिर सुनार
६) जिल्ला डोटि दिपायल सिलगढी न.पा.घर भइ वर्ष ४२ को पदम साउद ।
७) जिल्ला काभ्रे पाचखाल न.पा.११ घर भइ ल.पु.जि म.न.पा.१ बस्ने वर्ष ४२ को सुर्य लामा
८) जिल्ला काठमाण्डौ का.म.न.पा.३२ घर भइ बस्ने वर्ष ४४ को रोजिन ठकुरी ।
९) जिल्ला ओखलढुङ्गा खिजिदेम्बा गा.पा.४ घर भइ भक्तपुर दुधपाटी बस्ने वर्ष ४२ को संजय खत्री।
१०) जिल्ला ललितपुर मनपा–४ इमाडोल बस्ने वर्ष ३८ को विजय बिष्ट ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleराजदूत फिर्ताविरुद्ध सर्वोच्चमा रिट दायर
