काठमाडौं, कात्तिक ३
गृहमन्त्री ओमप्रकाश अर्यालले सम्पत्ति छानबिनको डरले देश छाडेर भागेको दाबी गरेका निवर्तमान ऊर्जामन्त्री दीपक खड्का स्वदेशमै भेटिएका छन्।
जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै बुढानीलकण्ठस्थित निवासमा उनी सोमबार सार्वजनिक भएका हुन् ।पूर्व उर्जामन्त्री खड्का अमेरिका उडेको सूचना उनलाई कसले दिएका कारण यस्तो बोलेका हुन् भन्ने प्रष्ट हुन सकेको छैन ।
गृहमन्त्री अर्यालले एक अन्तर्वार्तामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सक्रिय भएपछि पूर्वऊर्जामन्त्री खड्का भागिसकेको र अन्य पनि भाग्न खोजेको दाबी गरेका थिए। तर, गृहमन्त्रीको उक्त भनाइको एक दिनपछि नै खड्का आफ्नो जलेको घरबाट पत्रकारहरूसँग अन्तरक्रिया गरिरहेपछि गृहमन्त्रीलाई यस्तो सूचना प्रवाह गर्ने निकायको खोजी शुरु भएको छ ।
