घोराही, कार्तिक ५
दाङ प्रहरीले घोराहीमा वडा अध्यक्षसहित पक्राउ गरेका १३ जना जुवाडेहरुलाई तिहार मनाउन छाडि दिएको । जिल्ला प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठको निर्देशनमा वडा अध्यक्षसहितका १३ जना बढि जुवाडेहरुलाई छाडिएको हो । दाङमा बढ्दो जुवामा प्रहरीको मिलेमतो रहेको र प्रहरी आफै मुकदर्शक बनेको आरोप लागीरहेको बेला वडा अध्यक्ष अर्यालसहितका भिआईपि जुवाडेलाई प्रहरीले छाडेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डिएसपि चक्र शाहले पक्राउ परेकालाई छाडिएको बताए । तिहारपछि उपस्थित हुने गरि मङ्गलबार जिम्मा जमानिमा छाडिएको शाहले बताए । उनीहरु नगद ४ लाख रकम सहित पक्राउ गरिएको हो । आईतवार राति घोराही उपमहानगरपालिका वडा नं ।१५ काठेकोहल स्थित रहेको होटल टी थ्रीमा जुवा खेलिरहेको सुचनाको आधारमा पुगेको प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको थियो ।
होटलको कोठा नम्ब्र १०८ मा जुवा खेलिरहेका घोराही उपमहानगरपालिका वडा नं १८ का वडाअध्यक्ष अर्याल सहित ९ जनालाई नगद ३ लाख ४५ हजार ९ सय १५ रुपैया सहित पक्राउ गरेको हो । अर्याल नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् ।
पक्राउ पर्नेमा अर्याल सहित घोराही उपमहानगरपालिकामै कार्यरत इन्जिनियर तुलसीपुर १२ का बर्ष ३२ का प्रवीण रावत, घोराही १८ का कृष्णबहादुर घर्ती, पूर्व इन्सपेक्टर नारायण प्रसाद अधिकारी, मितेरी हस्पिटल सञ्चालक माधव भण्डारी, म्यानपावर सञ्चालक विक्रम के।सी।, लंक बहादुर बुढा, सागर बुढा र राप्ती गाउँपालिका २ का तेज प्रसाद आचार्य पक्राउ परेको प्रहरीले जनाएको छ
यस्तै घोराही उपमहानगरपालिका वडा नं।१५ काठेकोहल स्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका ४ जनालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।उनीहरुलाई नगद ६० हजार ६ सय ४० रुपैया सहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं.१८ रझेना बस्ने बर्ष ३० को अनुप कशौधन, घोराही.१५ काठेकोहल बस्ने बर्ष ४१ को ज्ञानेन्द्र रिजाल, घोराही १५ काठेकोहल कै बर्ष ३४ क एकराज खत्री र घोराही १४ बस्ने बर्ष ३२ को सोहेलमान मनसुरी रहेका छन् । यसअघि घोराहीको राप्ती सुपरलजमा भएको जुवाडेलाई ७ दिनमा राजनितिक दबाबमा छाडेको थियो ।
बुधबार मध्यराति घोराहीको सहिद गेट स्थित राप्ती सुपर लजमा छापा हानेर दाङ प्रहरीले एक लाख ८८ हजार बढी रकमसहित पक्राउ गरेका १२ जना जुवाडे हिजो छुटेका छन। ७ दिनको हिरासत बसाईपछि जुवाडेहरु छुटेका हुन । दाङका प्रमुख जिल्ला अधिकारी बिश्वमणि अर्यालले १० देखि ४० हजार रुपैयाँ धरौटि टागेर जुवाडे छुटेको जानकारी दिए । जुवाडे छुटाउन कांग्रेस स्थानीय तथा केन्द्रिय नेताहरुले सिडियो र एसपिलाई चरम दबाब थिएका थिए ।
घोराही उपमहानगरपालिका –१५ का खिमबहादुर डाँगी, पंकज न्यौपाने, सूर्य बोहरा, आकाश लम्साल, गोविन्द डाँगी, रजनिस चौधरी, घोराही –१४ का विष्णु गुप्ता, राप्ती सुपर लज होटेलका म्यानेजर सुरज पुन लगायतका जुवाडेहरु पक्राउ परेका थिए । जुवा खेलीरहेको अवस्थामा पक्राउ पर्ने अन्यमा तुलसीपुर उपमहानगरपालिका – ९ का गमबहादुर चलाउने, वीरबहादुर बस्याल, तुलसीपुर – ६ का सुरेन्द्र हमाल पनि थिए । हमाल र गुप्ता पटके हुन ।
राप्ती सुपर लजमा जुवा भइ रहेको गोप्य सूचनाको आधारमा मध्य रातिमा पुगेको प्रहरीले छापा हानेर जुवाडे पक्राउ गरेको थियो । सामान्य नागरिकलाई जुवाको नाममा २५ दिन सम्म प्रहरी हिरासतमा राखेर प्रहरीले दुख दिने गरेकोमा राजनितिक दबाबमा २ दिन थुनेर जुवाडे छाड्दा विभिन्न चलखेल भएको जनस्तरमा चासो रहेको छ ।
