काठमाडौं, कात्तिक ८
एमाले महासचिव शङ्कर पोखरेलले सत्ताको सरक्षणमा सुदन गुरुङका लागि मात्र माइतीघर मण्डला खुल्ला गरिएको भन्दै विरोध जनाएका छन ।
“माईतिघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन — सबैका लागि हो। वालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्तमाथिको उपहास हो।”फेसबुकमा पोखरेलले लेखेका छन ।
सरकारले गत विहिवार प्रहरिकै उपस्थितिमा गुरुङ्लाई मण्डलामा बिरोध प्रदर्शन मात्र होइन कोणसभासहित सम्बोधनका लागि दिएको तर शनिवार बिरोध प्रदर्शन गर्ने जेनजीलाई भने पक्राउ गरेकोतर्फ पोखरेलले इङ्गित गरेका छन ।
सरकारले गुरुङको समुहबाहेकले प्रदर्शन गर्दा रोक लगाउने,पक्राउ गर्ने गरेको भन्दै अन्य जेनजी समुहले पनि बिरोध जनाउदै आएका छन । शनिबार पनि प्रदर्शनमा उत्रिएका ५० भन्दा बढी पक्राउ परेका छन ।

