काठमाडौं, कात्तिक १०
त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गतको अन्तिम खेलमा नेपालले आयोजक राष्ट्र भारतलाई पराजित गरेको छ। सोमबार भारतको सिलोङस्थित जवहारलाल नेहरु रंगशालामा सम्पन्न खेलमा नेपालले भारतलाई २–१ ले हराएको हो।नेपालले खेलको दोश्रो मिनेटमै अग्रता लिएको थियो।
कप्तान सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई पहिलो सफलता दिलाएकि थिइन्।
पहिलो हाफ १–० को अग्रता लिएको नेपालले पहिलो हाफभरि नै भारतलाई दबाबमा राखेको थियो। त्यसपछि खेलको ६३ औ मिनेटमा सावित्राले ब्यक्तिगत दोश्रो गोल गर्दै नेपाललाई सफलता दिलाइन्।
उनले फ्रिकिक मार्फत सानदार गोल गर्दै नेपाललाई दोश्रो सफलता दिलाएकि हुन्।
त्यसपछि खेलको ८१औ मिनेटमा भारतले पहिलो गोल गर्यो।
भारतको लागि करिशमाले गोल गरिन्। यसअघि नेपाल इरानसङ ३–० ले पराजित भएको थियो। भारतलाई पनि इरानले पराजित गर्दै त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको हो। भारत भने यो प्रतियोगितामा जितविहिन भएको छ।नेपाल र भारतले अब कर्तिक १३ गते सिक्किममा अर्को मैत्रीपूर्ण खेल खेल्दै छन्।
