काठमाडौं, कात्तिक ११
नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू आइतबार साँझ नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएपछि विश्व अधिकारीले राजिनामा दिने हल्ला गराएका छन् । एसपी हुदा तीन जिल्लामा असफल भएका र एसएसपी हुँदा काठमाडौमा चरम असफलता प्रर्दशन गरेका अधिकारी आफैले राजिनामा दिने हल्ला चलाएका छन् ।
गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल नेतृत्वको बढुवा समितिले भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई बढुवा सिफारिस गरिसकेको छ । शक्तिको आडमा आफ्नो असफलता छोप्दै आएका अधिकारी कमाण्ड कन्ट्रोल गर्न नसक्ने प्रहरी अधिकृतको रुपमा परिचित छन् ।
कांगे्रस नेताहरुको ढोका चहारेर एक नम्बर वरीयतामा रहेका विश्व अधिकारी आफ्नै कारणले बढुवाको सिफारिसमा छुटेका हुन् । २०८० वैशाख २४ मा भएको प्रहरी वरिष्ठ उपरीक्षकको बढुवामा अधिकारी पहिलो नम्बरमा थिए । बढुवा समितिले पहिलो नम्बरमा रहेका अधिकारीलाई छाडेर अरूलाई सिरियल नम्बरको आधारमा बढुवा गर्न सिफारिस गरेको छ । ‘उनले राम्रो काम गरेको भए बढुवा छुटेन अवस्था थिएन’, मन्त्रालयका एक अधिकारीले भने ।
जेनजी प्रदर्शनको क्रममा एसएसपी अधिकारी काठमाडौँ जिल्लाको इन्चार्ज थिए । भदौ २३ र २४ मा भएको घटना उच्चस्तरीय जाँचबुझ आयोगले छानबिन गरिरहेको र अधिकारी पनि छानबिनको दायरामा रहेको भन्दै उनलाई बढुवामा छुटाइएको छ ।
जेनजी प्रदर्शनपछि गठन भएको अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले अधिकारीलाई काठमाडौँबाट हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेका थिए । जेनजी प्रदर्शनपछि काठमाडौँ प्रहरीको सेट नै परिवर्तन गरिएको छ ।
प्रदर्शनको क्रममा भदौ २३ मा काठमाडौँको बानेश्वर र इटहरीमा २२ जना प्रदर्शनकारी प्रहरीको गोलीबाट मारिएका थिए । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले त्यसबारे छानबिन गरिरहेको छ ।
छानबिन समितिको कुनै निर्णय गरेको अवस्था छैन । जाँचबुझ रिपोर्ट आएको छैन । बढुवा समितिमा आईजीपी र मानव श्रोत विकाश विभागका एआईजी सदस्य हुन्छन् । २०५५ वैशाखमा प्रहरी सहायक निरीक्षकबाट प्रहरीमा सेवा प्रवेश गरेका अधिकारीले २०५६ असारमा ३ मा इन्स्पेक्टरमा नाम निकालेका थिए ।
