काठमाडौं, कात्तिक ११
प्रहरीले नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचनलाई ठगी आरोपमा पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको हो। भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको आधारमा पक्राउ गरेको हो ।
प्रभु ग्रुपसँगै सम्बन्धित आर्थिक हिनामिनामा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रभु ग्रुपका पूर्व अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी परेको थियो । उनी सहकारी ठगी प्रकरणमा पनि मुछिएका थिए ।
