काठमाडौं, कात्तिक १४
मध्यराती चितवनमा भएको सवारी दुर्घटनामा ३३ जना घाइते भएका छन् । सो दूर्घटनमा परी ३३ जना घाइते भएका हुन् । भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा ईट्टा लोड गरेर पार्कीङ गरिराखेको ना ६ ख ८१३ नंम्बरको ट्रकमा गौर बाट काठमाण्डौतर्फ आउंदै गरेको बा. प्र.०३०० ख ०१२३ नंम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाण्डौ तर्फ आउंदै गरेको बा .प्र.०३०० ख ३९०२ नंम्बरको रूद्राक्ष यात्रुबाहक बस समेत ठोक्किएको हो ।
बस दुर्घटना पछि सडकमा पल्टिए लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण आंपटारी चितवन बाट गएको सुरक्षाफौजले घाइते हरुको तत्काल उद्दार गरि चितवनका विभिन्न अस्पताल पुर्याएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
घाइतेहरुमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटि अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।
क्रेनको सहायताले दुर्घटना भएको सवारि साधन हटाएर आज बिहान २ः५५ बजेबाट सडक एकतर्फि सुचारु गराइएको छ । सशस्त्र प्रहरी निरीक्षक सन्दिप भट्टको कामण्डमा उद्दारका लागि गएको सुरक्षा फौजले सबै सवारी साधन घट्ना स्थलमा नै साईड लगाएर बाटो सुचारु गराएको छ भने बा.प्र.०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष बसका चालक धनुषा जिल्ला सहिद नगरपालिका–४ बस्ने बर्ष ४३ को कृष्ण मण्डल जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेका छ्न् ।
घाईतेहरुको विवरण
क) चितवन मेडिकल कलेजमा रहेका घाइतेहरु
१. उदयपुर जिल्ला त्रियुगा नगरपालिका– १० बस्ने बर्ष २० को सार्थक बाबु श्रेष्ठको बाया खुट्टामा चोट, अवस्था मध्यम(डल्फिन)
२. धनुषा जिल्ला जनकपुर उपमहानगर पालिका –१७ बस्ने बर्ष ३९ को सदाकत मिया को टाउको मा चोट , अवस्था मध्यम (रुद्राक्ष)
३.सोही ठाउँ बस्ने बर्ष ५२ को नरेन्द्र शाह को टाउकोमा चोट(रुद्राक्ष )
४. रौतहट जिल्ला गौर नगरपालिका– ५ बस्ने बर्ष ४१ को मुकेश कुमार केसरि को बाया खुट्टा र टाउकोमा चोट(डल्फिन)
५.धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका– ७ बस्ने बर्ष १७ को समिर अन्सारि को बायाँ खुट्टा र बायाँ हातमा चोट (रुद्राक्ष )
६. महोत्तरी जिल्ला पिपरा गाउपालिका– १ बस्ने गितादेवि यादव को निधारमा चोट (रुद्राक्ष )
७. रौतहट जिल्ला राजदेवि नगरपालिका– १ बस्ने कुष्ण कमार साह को अनुहार मा चोट, मध्यम(डल्फिन)
८. धनुषा जिल्ला जनकपुर उपमानगरपालिका– १ बस्ने बर्ष ४६ को बसन्त झा खुट्टामा चोट , अबस्था सामान्य ( रुद्राक्ष )
९. धनुषा जिल्ला जनकपर उपमहानगरपालिका– ४ वस्ने बर्ष ४९ को मुकेश लाल कर्ण , अवस्था सामान्य
१०. सोही ठाउँ बस्ने बर्ष ३४ कि अन्जु कर्ण , अवस्था सामान्य
११. सोही ठाउँ बस्ने आरुष कर्ण(बर्ष नखुलेको ) अवस्था सामान्य ( रुद्राक्ष )
१२. महोत्तरी जिल्ला पिपरा गाउंपालिका –१ बस्ने बर्ष ३७ को राम श्रेष्ठ , अवस्था सामान्य ( डल्फिन )
१३. रौतहट जिल्ला राजदेवि नगरपालिका– १ बस्ने बर्ष २० को अनिकेत कुमार साह( डल्फिन )
१४ . रौतहट जिल्ला बृन्दावन नगरपालिका– ३ बस्ने बर्ष ११ को आरभ मिश्र टाउको मा चोट , अवस्था मध्यम (डल्फिन)
१५. धनुषा जिल्ला लक्ष्मिमिया गाउँ पालिका– ४ बस्ने बर्ष १९ कि बिध्या चौधरि , अवस्था मध्यम ( रुद्राक्ष )
ख) नेशनल सिटि अस्पताल भरतपुरमा रहेका घाईतेहरु
१.बा.प्र.०३–००१ख ३९०२ (रुद्राक्ष) बसमा सवार धनुषा जिल्ला जलेश्वर नगरपालिका –५ बस्ने बर्ष २० को आदित्य कुमार सिंह, अवस्था सामान्य ।
२. सोही ठाउँ बस्ने बर्ष ४३ की रेखा सिंह, अवस्था सामान्य ।
३. सोही ठाउँ बस्ने बर्ष २१ की अञ्जली सिंह, अवस्था सामान्य ।
४. प्रदेश३–०३–००१ख ०१२३ नम्बरको बसमा सवार भारत मोतिहारी बस्ने बर्ष ३२ को सुनिल प्रसाद,अवस्था सामान्य ।
५. भारत मोतिहारी बस्ने बर्ष २५ की सुभद्रा कुमारी चौधरी , अवस्था सामान्य ।
६. भारत मोतिहारी बस्ने बर्ष ७ की पृया जैशवाल, अवस्था सामान्य ।
७. भारत मोतिहारी बस्ने बर्ष ४ की कृती जैशवाल, अवस्था सामान्य ।
८.धनुषा जिल्ला जनकपुर उपमहानगर पालिका –८ बस्ने बर्ष २८ को आलोक कुमार राउत, अवस्था सामान्य ।
९.रौतहट जिल्ला राजदेवी नगरपालिका–२ बस्ने बर्ष २१ को मोनु कुमार महतो , अवस्था सामान्य ।
१०.रौतहट जिल्ला गौर नगरपालिका –९ बस्ने बर्ष ६६ की गम्भिरादेवी ठाकुर, अवस्था सामान्य ।
११. रौतहट जिल्ला गरुडा नगरपालिका –७ बस्ने बर्ष ५० को बिजय साह, अवस्था सामान्य ।
१२. सोही ठाउँ बस्ने बर्ष ४० की उर्मिला कुमारी साह,अवस्था सामान्य ।
१३. रौतहट जिल्ला बृन्दावन नगरपालिका –३ बस्ने बर्ष ६२ की सुनितादेवी मिश्रा, अवस्था मध्यम ।
ग) भरतपुर सरकारी अस्पतालमा रहेका घाईतेहरु
१.रौतहट जिल्ला दुर्गावती गाउंपालिका–२ बस्ने बर्ष ३० को राजकिशोर दास, अवस्था सामान्य ।
२. रौतहट जिल्ला दुर्गावती गाउंपालिका–२ बस्ने बर्ष २५ को राजु दास, अवस्था सामान्य ।
३. भारत मोतिहारी बस्ने बर्ष २२ को महमद साहेब, अवस्था सामान्य ।
४.रौतहट जिल्ला माधवनारायण नगरपालिका –५ बस्ने बर्ष १९ को रोशी कुमार साह, अवस्था सामान्य ।
५.धनुषा जिल्ला लक्ष्मीनिया गाउंपालिका –४ बस्ने बर्ष १९ की दिब्या चौधरी,अवस्था मध्यम ।
जम्मा घाईतेः–३३ जना
मध्यमः–८
सामान्यः–२५
