मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडकखण्ड । बिहीबारदेखिको निरन्तर वर्षाका कारण आएको पहिरो र हिलोका कारण सो सडकखण्ड अवरुद्ध भएको छ ।


बर्सातले खेतमै भिजेकाे अवस्थामा भोजपुरमा किसानले भित्र्याउका लागि काटेका धानबाली । काटिएको धान निरन्तरको वर्षापछि खेतमै भिजेर कुहिन थालेपछि किसानहरू समस्यामा परेका छन् ।

दाङको घोराही उपमहानगरपालिका-१८ स्थित अम्बापुरमा बेमौसमी बर्सातले ढालेको पाकेर भित्र्याउने बेला भएको किसानको धानबाली ।
सबै तस्वीरहरुः रासस
