काठमाडौ, कात्तिक १४
एमाले सचिव योगेश भट्टराईले राजनीतिक र नैतिक वैधता सकिएपछी नयाँ कोर्स शुरु हुने बताएका छन ।
राजनीक पार्टीहरुभित्र नेतृत्वले राजनीतिक र नैतिक वैधता गुमाएर सङ्ख्याको वलमा पद ओगटिरहेकोतर्फ सङ्केत गर्दै भट्टराईले त्यस्तो बताएका हुन ।
उनले जेनजी आन्दोलनको उथलपुथलसगै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नैतिक र राजनीतिक आधार गुमाएको भन्दै राजीनामा माग्दै आएका छन । ३१ असोजमा सम्पन्न पार्टी केन्द्रीय समिती बैठकमा उनले ओलीको राजीनामा माग्दै लिखित प्रस्ताव नै राखेका थिए ।
“आजका लागि शासन गर्न तीनवटा वैधता चाहिन्छ- क़ानुनी ( संख्या), राजनीतिक र नैतिक । जब राजनीतिक र नैतिक बैधता गुम्छ संख्या ( बहुमत) को बैधता आफै समाप्त हुन्छ । त्यसपछि चिजले नयाँ कोर्ष लिन्छ” सामाजिक संजालमाअ उनले भनेका छन “यो नियम क्लब, संघ/ संस्था, पार्टी, राज्य सत्ता सबै क्षेत्रमा लागु हुने कानूनशास्त्र र राजनीतिशास्त्रको शास्वत नियम हो ।”
