मुस्ताङ्ग, कात्तिक १४
म्याग्दीदेखि धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय पदमार्गमा ट्रेकिङ गरिरहेका तीन बेलायती सहित १५ जना पर्यटकहरू मिति २०८२।०७।११ गतेदेखि परेको हिमपातको कारण मुस्ताङ जिल्लाको हिडन भ्यालीमा इलाकामा फसेकोले मिति २०८२।०७।१२ गते मुस्ताङस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणका फौज सहित सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैर सैनिक पथ प्रदर्शक सम्मिलित संयुक्त उद्धार टोली उक्त इलाकातर्फ प्रस्थान गरेको ।
उच्च हिमपात, कमजोर भिजिबिलिटी तथा सञ्चार कठिनाइका कारण याक खर्कमा वेश बनाई तीन दिनको अथक प्रयास पश्चात् करिब ४९०० मिटरको बतासेडाँडा ईलाकामा नेपाली सेनाको टोलीले मिति २०८२।०७।१४ गते फेला पारी याक खर्कसम्म सकुशल उद्धार गरेको । फेला परेका पर्यटकहरू संयुक्त उद्धार टोली सहित जोमसोम फर्कने क्रममा रहेको ।
