काठमाडौं, कात्तिक १४
नेकपा एसका सम्मानित नेता झलनाथ खनालले माधव बाहिरिएपछि नयाँ पार्टी बनाउने घोषणा गरेका छन् । खनालले आफूहरु माओवादीमा विलयी हुन नजाने भन्दै नयाँ पार्टी बनाउन लागेको हुन ।
‘मलाई माइकमा बोल्न दिइएन, ३० बुँदे फरक मत सार्वजनिक गर्दैछु, बैठकमा जे भयो त्यसप्रति मेरो खेद छ, आगामी कदम प्रट्याउदै खनालले भने ‘अब नयाँ पार्टी बनाउने हो, कानुनले के भन्छ बुझछौ, उहाँहरु बाहिरिएपछि प्रकृया शुरु हुन्छ मिल्यो भने यही पार्टी पुर्नगठन हुनसक्छ तर नाम के हुन्छ हेरौअब हामी नयाँ बनाउने हौ ।’
शुक्रबार सकिएको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले माओवादी केन्द्रसँगको एकता गर्ने सर्वसम्मत निर्णय गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिइरहँदा सम्मानित नेता खनालले नयाँ पार्टी बनाउने घोषणा गरेका हुन् ।
सम्मानित नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाक्री र विजय पौडेल, पोलिटव्युरो सदस्यहरूसहित ११ जनाले माओवादीसँगको एकता प्रक्रियामा सहभागी नहुने बताएका थिए।समाजवादीको ४१९ जनाको केन्द्रीय कमिटी छ।
एकताको विषयमै निर्णय गर्न कात्तिक १२ देखि केन्द्रीय कमिटीको बैठक बसेको थियो। तर, बैठकमा बहुमत बढी नेता एकताको पक्षमा उभिएपछि सर्वसम्मत निर्णय गरेको उपाध्यक्ष खतिवडाले दाबी गरे।‘एकताको विषयमा निर्णय सुनाउँदा कोही पनि विरोधमा बोल्नुभएन,’ उनले भने, ‘कसैले नोट अफ डिसेन्ट पनि लेख्नुभएन।’
बाग्गमती प्रदेश सांसद लक्ष्मण लम्सालका अनुसार एकाध दिनमै फरक मत राख्ने नेतहरुले भेला गर्ने भएका छन् ।‘हामी केही दिनमा यसबारे स्पष्ट धारणा बाहिर ल्याउँछौँ,’ उनले भने, ‘पहिला असन्तुष्टहरू बस्छौँ। अहिले सबै साथीहरू हिँडिसक्नुभएको छ। भोलिबाट छलफल हुन्छ। अहिलेसम्म खुलेर बोल्नुभएको छैन। सबैलाई परिपक्क बनाएर एउटा दृष्टिकोण बनाउँछौँ र निर्णय घोषणा गर्छोँ।’
