काठमाडौं, कात्तिक १४
११ औं महाधिवेशनको तयारीका सम्बन्धमा औपचारिक छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा विहान ११ बजे बैठक आयोजना गरिएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार मंसिर २७ देखि २९ सम्म पोखरामा हुने ११ औं महाधिवेशनको तयारीका सम्बन्धमा आजको बैठकमा प्रारम्भिक रिर्पोटिङ हुनेछ ।
उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव पद्ध्मा अर्यालले पोखराको वश्तुस्थितीका बारेमा बैठकमा रिर्पोटिङ गर्ने तयारी छ । बैठकले महाधिवेशन तयारीका लागि विभिन्न नेताहरुलाई जिम्म्ेवारी दिने सम्भावना छ ।
बैठकमा महाधिवेशनको कार्यतालिका,प्रतिनिधीको संख्या,प्रतिनिधी छनौटको आधार आदि विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिएका छन् ।
बैठकमा सरकारले फागुन २१ गते गर्ने भनेको निर्वाचन,पछिल्ला राजनीतिक घटनाक्रम आदि विषयमा पनि छलफल हुने छ ।
