काठमाडौं, कात्तिक १५
एमाले अध्यक्ष केपी ओलीले गरेको आव्हानलाई साथ दिदै सचिव योगेश भट्टराईले स्वागत र समय सान्दर्भिक रहेको बताएका छन्।
आज सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै सचिव भट्टराईले यस्तो बताएका हुन्। उनले जनताको बहुदलीय जनवादको मार्ग निर्देशन र नेकपा एमालेको अगुवाइमा सिंगो वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार भएको बताए।
ुनेकपा एमालेको निर्माणमा योगदान गरेका कमरेडहरूलाई पुनः यो आन्दोलनमा समाहित हुनका लागि पार्टी अध्यक्षले गर्नु भएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ,ु उनले लेखेका छन्, ुजनताको बहुदलीय जनवादको मार्ग निर्देशन र नेकपा एमालेको अगुवाइमा सिंगो वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार हो।ु
साथै निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्वमार्फत एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिने विश्वास समेत उनले व्यक्त गरे। ुजवजको सिद्धान्त “शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा” विश्वास गर्नेहरूको एउटा केन्द्र बन्नै पर्छ त्यो एमाले हो। निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्व मार्फत नेकपा एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिन्छ,ु उनले भने।
यस्तै भट्टराईले एकताका चार आधार पनि प्रस्तुत गरेका छन्। उनले जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने, पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने, २०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर र वस्तुनिष्ठ समीक्षा गर्ने र पार्टीको बहुआयामिक पुनर्गठन गरी आगामी प्रतिस्पर्धामा नेकपा एमालेलाई विजयी बनाउने र नेकपा एमालेको नेतृत्वमा आर्थिकर सामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने आधारहरू पेस गरेका छन्।
साथै उनले यिनै मान्यतामा हातेमालो गरेर अगाडि बढ्न सबैमा आव्हान समेत गरेका छन्।
