दमक, कात्तिक १५ गते
नेकपा (एमाले) को जनसंगठनहरुको सहभागितामा नेकपा एमालेले आज झापाको दमकमा मोटरसाइकल रयाली आयोजना गरेको छ ।
एमाले दमक नगर कमिटीले संविधानको संरक्षण संसद पुर्नस्थापना लगायतका माग गर्दै पार्टीले आफना २३जनसंगठनहरुको सहभागिताका मोटरसाइकल रयाली आयोजना गरेको हो ।
पार्र्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा आयोजना गरिएको मोटरसाइकल रयालीमा युवा,महिला,सर्वसाधारण,पार्टी कार्यकर्ता र नेताहरु पानीमा भिज्दै सहभागी भएका हुन् ।
दमक ५ स्थित गोरर्खा डिपाटमेन्ट स्टोर दमकवाट शुरु भएको मोटर साइकल रयाली दमक नगरपालिका वडानम्बर ८को सेतुमारी हाइवे रोड हुदै पखेटे चोक, दमक २को आम्दा रोडवाट मदन डाँगी सडक,फागुनन्द चोक हुदै दमकको गणतन्त्र चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
बंगालको खाडीवाट विकसित भएको मोन्था चक्रवातको असरपछि भइरहेको वर्षाको प्रभाह नगरी ठूलो संख्यामा एमाले कार्यकर्ता,शुभेच्छुक र शुभचिन्तक सहभागी भएका हुन । गत भदौ२३ र २४ गतेको जेनजी आन्दोलन पछिको काम गतल वाटोमा गएको,मुलुक नै खतराको भुमरीमा परेको हुदा संसद पुर्नस्थापना गरेर मात्र मुलुकलाई उचित दिशामा ल्याउने संक्ने भनेर साँकेतिक आवाज मोटर साइकल रयाली गरेर उठाएको एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलले बताए।
दमकको गणतन्त्र चोकमा भएको मोटर साइकल रयालीको कोणसभालाई सम्वोधन गर्दै एमाले कोशी प्रदेश कमिटी सदस्य सुशिल राईले कैदी बन्दी फरार रहेको ,देशमा शान्ति सुरक्षा नभएको, लुटीएका हतियारहरु नआइ सकेको र चुनाव हुने वातावरण भएका कारण एमालेले संसद पुर्नस्थापनाको माग उठाएको बताए ।
अहिलेको शुशिला कार्की नेतृत्वको सरकारले चुनाव हुने वातावरण सिर्जना गरे एमाले चुनाववाट कदाबी नभाग्ने पनि राईले प्रष्ट पारे।
