काठमाडौ, कात्तिक १६
नेकपा एमालेले युवा स्वयंसेवी सगठन युथ फोर्स ब्युताएको छ ।आज दिउँसो भक्तपुरको गुण्डुमा भेला आयोजना गरि एमालेले पुरानै युथ फोर्स सङ्गठन ब्युताएको हो । फोर्सको सयोजक पार्टी पोलिट्ब्युरो सदस्य तथा राष्ट्रिय युवा संघका अध्यक्ष महेश बस्नेत तोकिएका छन ।
मोर्चा सङगठन सयोजक भानुभक्त ढकालले घोषणा गरेको युथ फोर्सलाई परिमार्जित नाम सहित ब्युत्याइएको हो । जसअनुसार नयाँ नाम युथ भोलेन्टियर्स फोर्स भनिएको छ । फोर्समा नेपाली सेनाका पुर्व जर्णेल विनोद पाण्डे, पुष्प श्रेष्ठ, अमित पौडेल, समिक बडाल र मिनबहादुर शाही सदस्य तोकिएका छन ।
तत्कालीन माओवादी केन्द्रको सहायक सगठन वाइसीएलको ज्यादती प्रतिवाद गर्ने उद्देश्यले ०६५ पछि एमालेले बस्नेतकै संयोजकत्वमा युथ फोर्स बनाएको थियो । त्यसलगत्तै देशका विभिन्न भागमा युथ फोर्स र वाइसीएलबीच झडपका घटना भएका थिए ।
अहिले एमाले र अध्यक्ष केपी ओलीबिरुद्द अनेकन भ्रम फैलाइएको, प्रहरीको मनोवल गिराएर शान्ति सुब्यबस्था खलबल्याइएको भन्दै ती सबैलाई चिरेर प्रतिरोधी सगठनका रुपमा बस्नेतको नेतृत्वमा फोर्स बनाइएको एमालेले जनाएको छ । कार्यक्रममा अध्यक्ष ओली उपस्थित थिए । प्रहरीको मनोवल उकास्न सहयोग पुग्नेगरी फोर्स देशव्यापी रुपमा बिस्तार गरिने बस्नेतले बताए ।
