कलैया । बारामा हालै तस्करीका घटना तीव्र रूपमा बढ्दै गएका छन्। स्थानीय बासिन्दा र व्यवसायीहरूका अनुसार केही स्थानमा तस्करीमा संलग्न समूहहरूले राज्यका सुरक्षाकर्मीहरूसँग मिलेमतो गरेको आशंका व्यक्त गरेका छन्। विशेषगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा अवस्था बलियो बनाउदै लगेको बताएपनि तस्करी नरोकिएको स्थानीयबासीले जानएका छन् ।
केही दिन देखि बाराको झिट्कैया नाकाबाट व्यापक तस्करी भैरहेको भएपनि सशस्त्र प्रहरी र नेपाली प्रहरीले रोक्न नसकेको आरोप स्थानीय वासिन्दाले ललाएका छन् । जोगन , सहिम , बुलेट नाम गरेका कारोवारीहरूले झिट्कैयाको झोलुङेपुल र कटहरियाको पिपलको बोट हुदै तस्करी धन्दा गरिरहेका छन् ।
यी तस्करहरूले कपडा , जुत्ता , चप्पल , कस्मेटिक सामानको ठूलो कारोवार गरिरहेका छन् । यो क्षेत्र मर्टिर्अवा स्थित सशस्त्र प्रहरी बलको प्रस्तावित गुल्म मातहत पर्दछ । उक्त गुल्ममा डिएसपी चक्र बहादुर साउद प्रमुखको रूपमा कार्यरत छन् । उनलाई समेत स्थानीयले जानकारी गराएको झिट्कैयाका स्थानीय बासिन्दा सन्तोष साह बताएका छन् । उनीहरु तस्करी नरोकिएको भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराइरहेका छन् ।
