काठमाडौ, कात्तिक २३
नेकपा एमालेले पर्सि २५ कात्तिकमा देशका ७ सय ५३ पालिकामा आयोजना हुने जनप्रदर्शनका लागि सात नारा तय गरेको छ ।
महासचिव शङ्कर पोखरेलले ती नारा लगाउन देशभरका पार्टी पङ्तिलाई आइतबार निर्देश गरेका छन ।
१५ कात्तिकमा बसेको केन्द्रिय सचिवालय बैठकबाट एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा देशभर जनपरिचालन र बृहत् सभा गर्ने निर्णय गरेको थियो । त्यसअनुसार शनिबार एमालेले देशका सबै वडामा भेला सम्पन्न गरेको छ भने मंगलवार पालिकास्तरीय र २९ कात्तिकमा जिल्ला सदरमुकाममा सभा गर्दैछ ।
त्यस्तै, ६ मङ्सिरमा राजधानी काठमाडौमा बृहत् आमसभा आयोजना गर्दैछ ।
यस्ता छन नाराहरू :
प्रतिगामी षडयन्त्र — मुर्दावाद।
विघटित प्रतिनिधिसभा — पुनर्स्थापना गर।
२३ र २४ को अपराधिक घटनाको — निस्पक्ष छानविन गर।
तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई — कारबाही गर।
हत्या, हिंसा, आतंक — बन्द गर।
नेकपा(एमाले) — जिन्दावाद।
जनताको बहुदलीय जनवाद — जिन्दावाद।
