काठमाडौ, कात्तिक २३
प्रधानमन्त्री शुशिला कार्कीले माफी मागेकी छिन ।
शनिवार मध्यरातमा सामाजिक संजालमार्फत प्रधानमन्त्री कार्कीले त्रिभुवन विमानस्थलमा लाइटिङ सिस्टम बिग्रेर दिनभर जहाजहरुको उडान प्रभावित भएको घटनामा माफी मागेकी हुन ।
प्रधानमन्त्रीले यसरी मागिन माफीः
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्कासी उत्पन्न भएको प्राविधिक समस्या हाल समाधान भइसकेको छ। उक्त समस्या समाधान गर्ने क्रममा यात्रुवर्ग तथा उडानतालिकामा भएका सबैमा पर्न गएको असुविधाप्रति सरकारको तर्फबाट हामी माफी माग्दछौ। यस्तो अवस्था पुनः नदोहोरियोस् भनेर सम्बन्धित निकायहरूलाई आवश्यक सुधार र नियमित अनुगमनका लागि निर्देशन दिइसकिएको छ। यात्रुहरूको सुरक्षा र सहज यात्रालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ।

