काठमाडौं, कात्तिक २०
चार वर्षपछि नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ (किसान) पुनः नेकपा एमालेमा फर्किएका छन्। उनीहरू २०७८ सालमा एमाले विभाजन भएपछि नेकपा (एकीकृत समाजवादी) तिर गएका थिए।
गत कात्तिक १९ गते एकीकृत समाजवादी, माओवादी केन्द्रलगायत दलबीच एकता भई नयाँ नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो। त्यसपश्चात् सोमबार एमालेले काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गरेको “घर फर्क राष्ट्रिय अभियान” कार्यक्रममार्फत झाँक्री र श्रेष्ठले पुरानो घर, नेकपा एमालेमा पुनः प्रवेश गरेका हुन्।
कार्यक्रमका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले झाँक्री र श्रेष्ठलाई पार्टीको निर्वाचन चिन्ह ‘सूर्य’ हस्तान्तरण गरे भने, उनीहरूले प्रतीकात्मक रूपमा ‘कलम’ चिह्न अध्यक्ष ओलीलाई प्रदान गरे।
सोही अवसरमा गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङ्तान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ र केशव सापकोटालगायत नेताहरुलाई पनि अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए।
यो पुनरागमनसँगै एमालेले विभाजनपछि अलग भएका नेताहरूलाई पुनः एक ढोकाभित्र ल्याउने अभियानलाई सशक्त बनाएको देखिन्छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
चार वर्षपछि रामकुमारी झाँक्री र किसान श्रेष्ठ एमालेमा फर्किए
Previous Articleदार्चुलामा भूकम्पको धक्का
