काठमाडौ,कात्तिक २८
सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका छन्। उनले नयाँ राजनीतिक अभियानमा सहभागी हुने उद्देश्यले रास्वपा छोडेको जानकारी दिए।
पूर्वरास्वपा प्रमुख सचेतक परियार अब माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा सामेल हुन सक्ने अनुमान छ ।
यसअघि रास्वपाबाट पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिएकी थिइन्।
पार्टीका अन्य नेताहरू जस्तै तोसिम कार्की समेत छोड्ने चर्चा चलेको भए पनि यसबारे उनीहरूले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
