काठमाडौं, कात्तिक २९
लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले सामाजिक उत्तरदायित्व र सेवा भावना बोकेर अघि सारेको सिग्नेचर प्रोजेक्ट “सबैका लागि शिक्षा” अन्तर्गत बुलिङटार गाउँपालिका–६ का १०० जना जेहनदार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई कपी, कलम, पेन्सिल, इरेजर, कटर र ‘भविष्य बोक्ने झोला’ वितरण गरेको छ ।
आर्थिक रुपमा कमजोर रहेका विद्यार्थीहरुलाई “सबैका लागि शिक्षा”अन्र्तगत ती शैक्षिक सामाग्रहरु वितरण गरिएको लियो अशोक श्रेष्ठले जानकारी दिए ।

‘हामीले वितरण गरिएको भविष्य बोक्ने झोला केवल कापी कलम बोक्ने मात्र होइन कि सिङ्गो विद्यार्थी भाइबहिनीहरूकै भविष्य बोक्नेछ र प्रत्येक विद्यार्थी भाइबहिनीहरु आफ्नो सफलताको उच्च शिखरमा पुग्नेछन् भन्ने आशा गरेका छौं’, लियो श्रेष्ठले भने ।
अर्थपूर्ण कार्यलाई सभ्य, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न आफ्नो अमूल्य समय, श्रम, आर्थिक तथा भौतिक सहयोग प्रदान गर्ने सम्पूर्ण दाताहरू, शिक्षकहरू, अभिभावक, स्थानीय समुदाय र शुभेच्छुकहरू लियो क्लबले आभारव्यक्त गरेको छ ।
शैक्षिक सामग्री वितरण गरिएको विद्यालयहरू—
श्री शिव माध्यमिक विद्यालय, अत्रौली
विष्णु उदय प्रा.वि., शीतलपुर
कामधेनु प्रा.वि., घुमारी
शिशु आश्रम प्रा.वि. धबाहा
रामशाह प्रा.वि. भारतीपुर
