काठमाडौ, काठमाडौ २९
रास्वपाभित्र एकपछी अर्को नेताले पार्टी छोड्ने लहर चलिरहेका बेला अर्की एक नेतृले पनि कुनै पनि बेला पार्टी छोड्न सक्ने सङ्केत गरेकी छिन ।
नेतृ डा. तोषिमा कार्कीले पार्टी नसच्चिए कुनैपनी बेला आफू पनि बाहिर सक्ने भन्दै शनिवार साझ सामाजिक संजालमा लामो स्टाटस लेखेकी छिन ।
प्रवक्ता सन्तोष परियार र अर्की नेत्री सुमना श्रेष्ठले रास्वापा परित्याग गरेपछी कार्कीले पनि त्यस्तै सङ्केत दिएकी छिन ।
उनले जेनजी आन्दोलनपछि पार्टी पुनर्संरचनाका लागि राखेको प्रस्तावलाई नेतृत्वले बेवास्ता गर्दै आएको आरोप लगाउदै आएकी छिन ।
यस्तो छ उनको स्टाटसः
सबै अट्ने सबै खट्नेू पार्टि बनाउने मार्गचित्र पेष हुनै नदिन अनेक प्रयास गरियो, तर संगठनका साथीहरुको अत्याधिक दबाबको कारण संस्थापन पक्ष वाध्य बन्यो। संगठनमा पैसा पसिना समय खर्च गरेर दिन रात खटिनुभएका संगठनका साथीहरुलाई विशेष धन्यवाद त्यस दिन त्यो आवाज र साथ समर्थनको लागि। तर फेरी निर्णयमा न बहुमतको कदर भयो। न विधि पद्दतिमा नै चल्यो।

घमण्ड र दबाबले पार्टी चलाउनुथ्यो त ओली नै थिए नि ? आफू र आफ्नो पार्टी सुधार्न उदार हुन नसक्ने, रिफर्मको एजेणडालाई प्रतिगमनकारी भन्नेले देश के बनाउलान् र खोई रु हेक्का रहोस् बेलैमा नसुध्रिए, ूसबै अट्ने सबै खट्नेू गरी पार्टी रिफर्म हुन नसके अझ धेरै अब्बल व्यक्तिहरु पार्टीले गुमाउदैछ। फरक विचार राख्दैमा फरक रोडम्याप ल्याउदैमा तिमीहरुको मिडिया ट्रायलको बारम्बार सिकार हुनुपर्छ र आफ्नो अस्तित्व नै एक व्यक्तिले दया गरेर पाएको भन्ने गरी आत्मसम्मानमा प्रहार हुन्छ भने साथिहरु एक पछि अर्को निस्किन्छन् नै। केहि बोलेर केहि नबोलेरै।
फेरी भन्छु, एक व्यक्तिले देश बन्दैन।देश बनाउन सज्जनहरुको सहकार्य चाहिन्छ।
