काठमाडौ, २९ कात्तिक
नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा लाखौं जनता सडकमा ओर्लिएको दावी गरेको छ ।
उपत्यकाबाहेक देशका सबै जिल्ला सदरमुकाममा जुलुस र सभा सम्पन्न भएपछी एमाले महासचिव शङ्कर पोखरेलले त्यस्तो दावी गरेका हुन ।
उनको दावी यस्तो छ : प्रतिगामी षड्यन्त्रविरुद्ध विघटित प्रतिनिधि सभाको पुनःस्थापनाको पक्षमा काठमाण्डौ उपत्यकाबाहेकका अधिकांश जिल्लामा आज जनप्रदर्शन र जनसभा व्यापक जनताको सहभागीतामा सम्पन्न भए ।
एकै दिन एकैसाथ लाखौँ जनता सडकमा उत्रिएर नेकपा (एमाले) को एजेन्डाप्रति दृढ समर्थन प्रकट गरेका छन्।
👉 दैलेख–दुल्लुमा भोलि ३० गते, बिहान ११ बजे जनप्रदर्शन तथा जनसभा आयोजना गरिएको छ !
👉 काठमाण्डौ उपत्यकामा मंसिर ६ गते जनप्रदर्शन तथा जनसभामा आयोजना गरिएको छ ।
मंसिर ६ गते भृकुटीमण्डपमा भेला भई प्रतिगामी षड्यन्त्रविरुद्ध सशक्त आवाज बुलन्द गरौँ!
प्रतिनिधि सभाको पुनर्स्थापनाका माध्यमवाट संविधानको रक्षा, लोकतान्त्रिक मूल्य र जनआकांक्षाको संरक्षणका लागि एकजुट होऔँ!
