चुनाव भाँडन खोज्दै जेनजी–सुशीला सरकार
चुनाव गर्ने प्रमुख उद्देश्यसहित गठित प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार स्वयं आगामी २१ फागुनका लागि घोषित चुनाव भाँड्न उद्दत देखिएको छ । २३ र २४ भदौको जेनजी आन्दोलन बैठान हुँदै गर्दा उनीहरुकै डिस्कर्डबाट छनोट गरिएको भनिएको कार्की सरकार चुनावी वाताबरण बनाउनेतिर होइन, झडप र दंगा फसादको उल्टो बाटोमा हिँड्न थालेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली, काग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को मुखै हेर्ने मन नभएको प्रधानमन्त्री कार्कीको सार्बजनिक घोषणाले उनको अभिमान मात्र प्रकट भएको थिएन, चुनाव गराउने रााष्ट्रपतिबाट प्रधानमन्त्री कार्कीले प्राप्त गरेको कार्यदेशमाथि नै गम्भीर आशंका खडा भएको थियो ।
बाराको परवानीपुरमा आयोजित युवा भेलालाई सम्बोधनका लागि काठमाडौंबाट हिँडेका एमाले महासचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य महेश बस्नेत सिमरामा जेनजीका नाममा केही दर्जन मान्छेको संविधानबिरोधी अराजनीतिक अपराधिक हर्कतकै कारण काठमाडौंमै रोकिए ।
वुधबार बारा जिल्लाको पछिल्लो एउटा घटनाले त्यस्तो आशंकालाई मलजल मात्र पु¥याएन अब मुलुक २१ फागुनमा चुनाव नहुनेतिर उन्मूख भएको निश्चित भएको छ ।
बाराको परवानीपुरमा आयोजित युवा भेलालाई सम्बोधनका लागि काठमाडौंबाट हिँडेका एमाले महासचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य महेश बस्नेत सिमरामा जेनजीका नाममा केही दर्जन मान्छेको संविधानबिरोधी अराजनीतिक अपराधिक हर्कतकै कारण काठमाडौंमै रोकिए ।

एअरर्पोटअघि पोखरेल र बस्नेतको स्वागतका लागि टाँगिएको ब्यानर जेनजीको नाममा च्यातचुत पारेर सडक अबरोध गर्न सुरु गरिएपछि त्यसलाई प्रहरी प्रशासनले तत्काल नियन्त्रण गरेर सुरक्षाको वाताबरण निर्माण गर्नुपथ्र्यो ।
तर, त्यहाँ प्रहरीको कमजोर उपस्थिति र सुरक्षाको हेलचेक्र्याईंले स्वयं एमालेका युवा कार्यकर्ता नेताहरुको सुरक्षालाई दृष्टिगत गर्दै प्रतिवादमा उत्रिए । त्यसक्रममा करिब एक दर्जन जेनजी भनिने युवा घाईते भए ।
तर, झडपलगत्तै परिस्थितिलाई तत्काल नियन्त्रणमा लिनुपर्नेमा केही अराजक युवाहरुले टायर बालेर एअरर्पोट गेट तोडफोड गरेकै निहुमा कफ्र्यु लगाएर हवाई यातायात नै बन्द गर्ने जस्तो अस्वभाविक निर्णय सरकारले लियो । जसको राजनीतिक क्षेत्रबाट मात्र होइन, नागरिक समूदायबाट पनि लगातार निन्दा र भत्र्सना भइरहेको छ ।
समयसीमाकोसमेत कुनै हेक्का नराखी हिँडडूल गर्न पाउने, यातायात निर्वाद संचालन हुन पाउने, सभा, सम्मेलन गर्न पाउने जस्ता केही थान मौलिक हक, संवैधानिक हक र मानवअधिकार नै गम्भीर उल्लंघन हुनेगरी सरकारले जुन खालको हठात निर्णय लियो, यसले कतै अहिलेको कार्की सरकारले चुनावतिर होइन कि मुलुकलाई नियन्त्रित अस्थिरताको अनन्त बाटोतिर त लैजान खोजिरहेको छैन भन्ने स्वभाविक प्रश्न खडा भएको छ

चुनाव आउन जम्मा साँढे तीन महिना बाँकी छ । जुन समय चुनावी तयारीका लागि अपर्याप्त छँदैछ । तर, यस्तो समयसीमाकोसमेत कुनै हेक्का नराखी हिँडडूल गर्न पाउने, यातायात निर्वाद संचालन हुन पाउने, सभा, सम्मेलन गर्न पाउने जस्ता केही थान मौलिक हक, संवैधानिक हक र मानवअधिकार नै गम्भीर उल्लंघन हुनेगरी सरकारले जुन खालको हठात निर्णय लियो, यसले कतै अहिलेको कार्की सरकारले चुनावतिर होइन कि मुलुकलाई नियन्त्रित अस्थिरताको अनन्त बाटोतिर त लैजान खोजिरहेको छैन भन्ने स्वभाविक प्रश्न खडा भएको छ ।
संदिग्ध चरित्रका गुरुङले २१ फागुनको चुनाव हुनै नदिने घोषणा गरेर सरकारलाई ललर्कादा पनि गृहमन्त्री र प्रहरी प्रशासन रमिते बनिरहेको छ ।
अर्कोतिर, जेनजीका नाममा खडा भएका ३८ वर्षीय नक्कली जेनजी अगुवा सुदन गुरुङले संविधान र कानुनलाई नै हातमा लिएर अमूक व्यक्तिलाई पक्राउ गरेर थुन्न गृहमन्त्रीका नाममा दिनहुँ फरमान जारी गर्दै अपशब्द प्रयोग गरेर गाली गरिरेहका छन् ।
तर पनि प्रधानमन्त्री कार्की उनको हर्कत किन टुलुटुलु हेरिरहेकी छिन् ? संदिग्ध चरित्रका गुरुङले २१ फागुनको चुनाव हुनै नदिने घोषणा गरेर सरकारलाई ललर्कादा पनि गृहमन्त्री र प्रहरी प्रशासन रमिते बनिरहेको छ ।

नेपालमा देखिएको यस्ता अनेकन अनौठो दृष्यका कारण सत्ताच्युत भएको दल एमालेले अध्यक्ष केपी ओलीको सुरक्षार्थ नेशनल भोलन्टिर्य फोर्स घोषणाको अन्तिम तयारी गरेर शुक्रवार माइतीघर–बानेश्वर मार्च पासको तयारी गरिरहेको छ ।
त्यतिमात्र होइन, स्वय ओली र फोर्सको कमाण्ड गरिरहेका महेश बस्नेतले जेनजीका नाममा राजनीतिक गतिविधि गर्न नदिइए देशैभर प्रतिवादमा उत्रिने घोषणा गरेका छन् । उनको शैलीप्रति सहमत हुन सकिन्न । तर, सरकारकै कारण उनीमाथि गर्न सकिने प्रश्नहरु भुत्ते बन्ने अबस्था सिर्जना भएको छ ।
सम्बेदनशील घडीमा देश सम्हाल्न नसक्ने हो भने कार्कीले तत्काल राजीनामा दिएर लोकतान्त्रिक मार्गमा फर्काउन सहयोग गर्नु धेरै बुद्धिमता हुन्छ ।
देशभर करिब ७ लाख संगठित कार्यकर्तापंक्ति भएको एमालेको त्यस्तो घोषणासँगै देशैभर झडप हुने अबस्था खडा हुँदैछ । त्यसै पनि एमाले, कांग्रेसका नेता–कार्यकर्ता आगजानी र लुटपाटबाट सर्बस्व गुमाउँदा पनि प्रतिवादमा नउत्रि अहिलेसम्म घटनामा संलग्नलाई पक्राउ गरेर कारवाही गर्न र चुनावी वाताबरण बनाउन मात्र सरकारलाई सम्झाईरहेका छन् ।
यदी प्रमुख दलहरुको यस्तो शदासयतासहितको आग्रहलाई कमजोरी ठानेर जेनजीको नाममा गठित सरकारले नेताहरुबिरुद्ध उनीहरुलाई नै उतार्न खोज्यो भने देशमा चुनाव होइन, अर्को रक्तपात निम्तिने खतरा बढेको छ । यस्तो सम्बेदनशील घडीमा देश सम्हाल्न नसक्ने हो भने कार्कीले तत्काल राजीनामा दिएर लोकतान्त्रिक मार्गमा फर्काउन सहयोग गर्नु धेरै बुद्धिमता हुन्छ ।

