नेकपा (एमाले) केन्द्रीय संगठन विभागले एघारौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनका लागि चुनाव गराउन समेत खुला गरेको छ । संगठन विभागले गरेको निर्णय अनुसार सकेसम्म सर्वसम्मत नभएमा निर्वाचनबाटै प्रतिनीधि ल्याउने व्यवस्था गर्न खुला गरेको हो । यसका लागि केन्द्रबाट प्रतिनीधिहरु समेत खटाएको छ ।
यस्तो छ बैठकको निर्णयः
क.२०८२ मंसिर २७ –२९ मा आयोजना हुन गइरहेको पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन कार्य सुव्यबस्थित बनाउनका लागि निम्न विषयहरूमा ध्यान दिनुपर्दछ ।
१. केन्द्रीय कमिटीको अपानि–१३ ले गरेको निर्देशनबमोजिम आगामी महाधिवेशनका लागि तोकिए बमोजिमका प्रतिनिधिहरूको मङ्सिर १३ गते विधिसम्मत ढङ्गले छनोट गर्ने ।
२. प्रतिनिधि छनोट केन्द्रीय संगठन विभागबाट २०८२ चैतसम्मका लागि पार्टी सदस्यता नवीकरण प्रमाणित भएका पार्टी सदस्य सङ्ख्याका आधारमा गर्नुपर्ने ।
३. अपानि–१३ ले तोकेका भूगोल÷दलित÷मजदुर निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोटको प्रक्रियामा सहभागी हुनसक्ने पार्टी सदस्यहरूको सङ्ख्या मङ्सिर ७ गतेभित्र एकीन गरिसक्ने । भूगोलको निर्वाचन क्षेत्रमा पार्टी सदस्य रहेका केन्द्रीय जनसंगठन, केन्द्रीय विभाग र प्रदेश कमिटीका सदस्यहरूले आफू कुन क्षेत्रमा सहभागी हुने हो, मङ्सिर ६ गतेभित्र सम्बन्धित जिल्लालाई लिखित जानकारी गराउनुपर्नेछ । त्यसको बोधार्थ संगठन विभागलाई दिनुपर्ने ।
४. प्रतिनिधि छनोटको व्यवस्थापकीय कामको गृहकार्य अपानिले निर्देश गरेका कमिटीका ईञ्चार्ज र पदाधिकारीहरूले बेलैमा गर्नुपर्नेछ । कुनै पनि हालतमा प्रतिनिधि छनोटको काम मङ्ंसिर १३ गते सम्पन्न भएकै हुनुपर्नेछ । यथासम्भव सहमतिका आधारमा चयन गर्ने, सहमति नभएमा स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिधि छनोट गर्ने ।
५.प्रतिनिधि हुन चाहिने न्यूनतम् आवश्यक योग्यताका सम्बन्धमा पार्टी विधानको धारा ६३(१) मा उल्लेख भएबमोजिम गर्ने । यसपटक विशेष आरक्षण गरिएको चालीस वर्ष मुनिका युवा प्रतिनिधि हुनका लागि सदस्यता प्राप्त गरेको कमसेकम ७ वर्ष पुगेको हुनुपर्ने । उमेरका सन्दर्भमा २०८२ मङ्सिर १३ गतेको मितिसम्ममा ४० वर्ष नकटेको हुनुपर्नेछ ।
६.प्रतिनिधि छनोटसम्बन्धी सूचना मङ्सिर १० गतेभित्र भरपर्दो माध्यमबाट सबै सम्बन्धित पार्टी सदस्यहरूलाई पुगिसकेको हुनुपर्ने । कुनै सदस्यले समयमा जानकारी नपाएमा सम्बन्धित कमिटीको नेतृत्व जवाफदेही हुनुपर्नेछ ।
७. चयन भएका प्रतिनिधिहरूको फोटोसहितको विवरण सम्बन्धित कमिटी प्रमुखले मङ्सिर १५ गतेभित्र आधिकारिकरूपमा पठाउनुपर्ने ।
८.प्रतिनिधिको समग्र विवरण– (नाम÷निर्वाचन क्षेत्र÷सदस्यता नम्बर÷फोन÷फोटो) पठाउनुपर्ने ।
११. तोकिएको विवरणसहित अनिवार्यरूपमा अनलाइनमा व्यवस्थित गरी केन्द्रीय संगठन विभागमा पठाउने ।
ख.विभागका सदस्यहरूको जिम्मेवारी
१.तोकिएको कार्यक्षेत्रभित्र प्रतिनिधि छनोटको समग्र प्रक्रियामा समन्वय र सहजीकरण गर्ने ।
२.अपानि–१३ र संगठन विभागका निर्णयहरूको कार्यान्वयनमा ताकेता गर्ने । स्वच्छ तथा कमरेडली वातावरणमा विधिसम्मत ढङ्गले छनोट कार्य सम्पन्न गराउन नजिकबाट सहयोग गर्ने ।
३. प्रतिनिधि छनोटका विषयमा आउनसक्ने अस्पष्टताहरूलाई स्पष्ट पार्ने ।
४.छनोट प्रक्रियामा कुनै समस्या आएमा समाधानका लागि अग्रसरता लिने ।
५.तोकिएको समयभित्र विवरणसहितको प्रतिनिधिहरूको नाम केन्द्रीय संगठन विभागमा पठाउन सम्बन्धित जिम्मेवार कमरेडहरूलाई ताकेता गर्ने ।
ग.संगठन विभागका सदस्यहरूका लागि तोकिएको जिम्मेवारीको क्षेत्र
१. भानुभक्त ढकाल– जनसंगठन र सम्पर्क समन्वय कमिटीअन्र्तगतका निर्वाचन क्षेत्रहरू
२. शेरधन राई– भोजपुर, तेह्रथुम, धनकुटा, पा“चथर, इलाम, ताप्लेजु¨, संखुवासभा, सुनसरी, मोरङ र झापा
३. विशाल भट्टराई– खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुङ्गा
४. सुमनराज प्याकुरेल– सिराहा, सप्तरी, महोत्तरी, धनुषा र सर्लाही
५. ज्वाला साहा– रौतहट, बारा र पर्सा
६. आनन्द पोख्रेल– काठमाडौ“, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, चितवन
७. गणेश पहाडी– सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मकवानपुर
८. सुजिता शाक्य– उपत्यका विशेष प्रदेशअन्र्तगतका जिल्लाहरू
९. सम्झना देवकोटा– गोरखा, लमजुङ, तनहु“, मनाङ र नवलपुर
१०. गोविन्द नेपाली– बाग्लुङ, मुस्ताङ, पर्वत, कास्की, स्याङ्जा र म्याग्दी
११. लीला गिरी– रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखा“ची, नवलपरासी (पश्चिम), गुल्मी
१२. जीवन गौतम– बाके, बर्दिया, प्युठान, रुकुम र रोल्पा
१३. लक्ष्मी पोख्रेल– कर्णाली प्रदेशका सबै जिल्ला
१४. लालबहादुर थापा– दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बझाङ, बाजुरा, अछाम
१५. लीला भण्डारी– कैलाली र कञ्चनपुर
१६. माधव ढुंगेल– केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय विभागहरू
१७. काशीनाथ अधिकारी– अन्तर्राष्ट्रिय कमिटी र भारत प्रवास
