काठमाडौं, मंसिर ४
एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार नै एमाले विरुद्ध लागेको बताएका छन् । उनले विहिबार बसेको सचिवलाय बैठकमा आफूलाई पक्राउको तयारी गरिरहेको बताउदै सरकार नै एमाले विरुद्ध लागेको बताएका हुन् । उनले आफू नभाग्ने र नडराउने बताउदै यस्तो अवस्थामा पार्टी नेताहरुलाई एकजुट हुन आग्रह समेत गरे ।
ओलीले एमालेमाथि ठूलो षडयन्त्र हुन थालेको भन्दै चिन्ता व्यक्त गरेको पनि एक सचिवालय सदस्यले भने । ती सदस्यका अनुसार एमाले र आफूमाथि प्रहार हुन थालेको भन्दै ओलीले डराउने चान्स नभएको बताएका थिए । तर वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एमालेमाथि प्रहार भन्दा पनि व्यक्तिमाथि बढी प्रहार भएकाले यसलाई अध्यक्ष ओलीले राम्रोसँग बुझ्न आवश्यक रहेको भन्दै नेतृत्वमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
