काठमाडौं, मंसिर ४
एमाले महासचिव शंकर पोखरलले मधेश प्रदेशका मूख्यमन्त्री सरोज यादवलाई राजिनामा गराउने प्रस्ताव गरेका छन् । उनले विहिबार बसेको सचिवलाय बैठकमा यस्तो प्रस्ताव गरेका हुन् । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन। त्यसयता मधेशमा एमालेप्रति आक्रोश बढ्दै गएको छ ।
तत्कालिन मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । यही विषयलाई लिएर मधेशमा एमालेप्रति ठूलो आक्रोश बढ्दै गएपछि एमाले सचिवालय बैठकमा महासचिव पोखरेलले यस्तो प्रस्ताव राखेका हुन् ।
सरकार नै एमाले विरुद्ध लागेको बताएका हुन् । उनले आफू नभाग्ने र नडराउने बताउदै यस्तो अवस्थामा पार्टी नेताहरुलाई एकजुट हुन आग्रह समेत गरे । ओलीले एमालेमाथि ठूलो षडयन्त्र हुन थालेको भन्दै चिन्ता व्यक्त गरेको पनि एक सचिवालय सदस्यले भने ।
ती सदस्यका अनुसार एमाले र आफूमाथि प्रहार हुन थालेको भन्दै ओलीले डराउने चान्स नभएको बताएका थिए । तर वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एमालेमाथि प्रहार भन्दा पनि व्यक्तिमाथि बढी प्रहार भएकाले यसलाई अध्यक्ष ओलीले राम्रोसँग बुझ्न आवश्यक रहेको भन्दै नेतृत्वमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
