काठमाडौं, १० मङ्सिर । जेनजी आन्दोलनपछी नेपालका कम्युनिष्ट पार्टीहरुमा फुट-जुटको ध्रुबिकरण शृङ्खला चलिरहदा ८८ वर्षीय वृद्ध कम्युनिस्ट नेता चन्द्रदेव जोशीले एकताको बाटो रोजेका छन्।
लामो समयदेखी डिल्लीबजारमा केन्द्रीय कार्यालय राखेर पार्टी चलाउदै आएका नेकपा सयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले घनश्याम भुषालले नेतृत्व गरेको एकीकृत समाजवादी पुनर्गठन अभियानसग पार्टी एकता गर्न लागेका हुन ।
एकताबारे जानकारी दिन भुसाल र जोशीले भोलि विहिवार पत्रकार सम्मेलन गर्दैछन ।
माधव नेपालले नेतृत्व गरेको नेकपा एस माओवादीसग मिसिएर नेपाली कम्युनिस्ट पार्टी बनेपछी भुषाल समाजवादीलाई ब्युताएर अघि बढ्ने कोशिसमा छन ।
तेस्रो महाधिवेशनबाट नेपालका कम्युनिष्ट पार्टीहरुमा फुट शृङ्खला शुरु भएपछी चीन कि सोभियत संघको विवादमा जोशीसहितका नेता सोभियत धारमा उभिएका थिए, त्यसरी उभिने धारका नेताहरुलाई त्यतिबेला दरबार निकट भनेर आरोप लागेको थियो ।
चिनियाँ धारमा उभिनेहरु भने कालन्तरमा माले,एमाले तथा मशालहुदै माओवादीका रुपमा विकसित भएको हो ।
