काठमाडौं,१३ काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्षको सहयोगीकै रुपमा काम गरिरहेका दाङका एमाले नेता सुरेश गौतमलाई प्रतिनीधि आउनबाट रोक लगाइएको छ । दाङमा नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा उनलाई रोक लगाइएको हो । उनले यो विषयमा गम्भीर विवाद उठेको बताउदै धाधली भएको बताएका छन् । उनी विगतमा ओलीलाई समर्थन गर्दै आएका थिए । पछिल्लो पटक महासचिवको शंकर पोखरेलको व्यवहारमा असन्तुष्टि जनाउदै आएका थिए ।
महाधिवेशन प्रतिनिधि उम्मेदवार सुरेश गौतमले सार्वजनिक विज्ञप्ति जारी गर्दै जिल्लामा गरिएको प्रतिनिधि चयनलाई विधि, विधान र केन्द्रीय निर्देशनविपरीत भएको भन्दै खारेज गर्न माग गरेका छन् । गौतमका अनुसार दाङमा प्रतिनिधि छनोट मनपरी ढंगले गरिएको छ । निर्वाचन समिति गठन, मतदाता नामावली प्रकाशन र अन्य अनिवार्य प्रक्रियाहरू बेवास्ता गरेर एकलौटी शैलीमा नाम टुङ्ग्याइएको आरोप छ । उनले यसलाई पार्टीको लोकतान्त्रिक अभ्यास माथिको प्रत्यक्ष प्रहार भनेका छन्।
विवादको मुख्य केन्द्रमा महासचिव शंकर पोखरेलको नामसमेत जोडिएको छ । जिल्ला नेतृत्वले प्रतिनिधि छनोट महासचिवको निर्देशनमा गरिएको दाबी गरिरहेको भन्दै गौतमले यो सत्य भए विधानकै धज्जी उडाइने गम्भीर विषय हुने बताएका छन् ।
महासचिवको नाम दुरुपयोग गरेर स्वेच्छाचारिता वैध ठह¥याउने प्रयास अस्वीकार्य भएको उनको भनाइ छ ।
गौतमले चार प्रमुख त्रुटि उठाएका छन्–
१) निर्वाचन प्रक्रिया नै सुरु नगरी प्रतिनिधि घोषणा ।
२) महासचिवको नाम जोडेर मनपरी निर्णय ।
३) विधान र नियमावलीको स्पष्ट उल्लङ्घन ।
४) हजारौँ सङ्गठित सदस्यको मताधिकार खोसिएको अवस्था ।
गौतमको प्रेस बिज्ञप्ति उनकै शब्दमा यस्तो छ !
प्रेस विज्ञप्ति
विषय : एमाले महासचिव शंकर पोखरेलको नाम जोडेर दाङमा विधि र विधानको हत्या ! निर्वाचन समिति र मतदाता नामावलीविना प्रतिनिधि छनोट अस्वीकार्य
नेकपा (एमाले) को आगामी मंसिर २७, २८ र २९ गते हुने ११ औं राष्ट्रिय महाधिवेशनका लागि दाङ जिल्लाबाट प्रतिनिधि छनोट गर्ने सन्दर्भमा पार्टीको विधान, नियमावली तथा केन्द्रबाट तोकिएको मापदण्ड र निर्देशिकालाई पूर्ण रुपमा लत्याएर जबरजस्ती रुपमा प्रतिनिधि चयन गरिएकोमा हाम्रो गम्भीर असहमति रहेको जानकारी गराउन चाहन्छौं । पार्टीलाई विधि र पद्धतिमा चलाउने, लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने तथा पार्टी सदस्यको भावनालाई कदर गर्ने प्रतिबद्धताका बाबजुद दाङ जिल्लामा भएको प्रतिनिधि छनोट प्रक्रिया अत्यन्तै अन्यायपूर्ण, अपारदर्शी र स्वेच्छाचारी रहेको छ ।
हामी निम्न बुँदामा उल्लेखित प्रक्रियागत त्रुटि र मनमानीपूर्ण कार्यको घोर भत्र्सना गर्दछौं
१.निर्वाचन प्रक्रियाको पूर्ण बेवास्ताः प्रतिनिधि छनोटका लागि आवश्यक निर्वाचन समिति गठन, मतदाता नामावली प्रकाशन तथा अन्य निर्वाचन प्रक्रिया नै सुरु नगरी एकलौटी ढंगले प्रतिनिधिहरूको नाम घोषणा गरिएको छ । यो पार्टीको लोकतान्त्रिक अभ्यासको ठाडो उपहास हो ।
२.महासचिवको नाम जोडेर स्वेच्छाचारिताः जिल्लाका नेतृत्वहरूले प्रतिनिधि छनोटको यो विधिहीन र मनमानीपूर्ण निर्णय नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेलको निर्देशनमा भएको भनी सार्वजनिक रूपमा भनिरहेका छन । यदि यो कुरा सत्य हो भने पार्टीको केन्द्रीय नेतृत्वबाटै विधानको धज्जी उडाइएको ठहरिनेछ, जुन अत्यन्त दुःखद र निन्दनीय छ । कुनै पनि नेताको निर्देशनले पार्टी विधानलाई मिच्न सक्दैन ।
३.विधान र नियमावलीको उल्लंघनः प्रतिनिधि छनोटको लागि तोकिएको स्पष्ट विधि र प्रक्रियालाई मिचेर केही सीमित व्यक्तिहरूको स्वार्थ र दबाबमा मनलाग्दी ढंगले नामहरू समावेश गरिएको छ ।
४.संगठित सदस्यहरूको भावनामाथि कुठाराघातः मतदाता नामावली नै प्रकाशित नगरी प्रतिनिधि चयन गर्दा दाङका हजारौं संगठित सदस्यहरू आफ्नो मताधिकार प्रयोग गर्ने संवैधानिक हकबाट वञ्चित भएका छन्, जसले पार्टीप्रति निराशा र वितृष्णा पैदा गरेको छ ।
५.बलजफ्ती र एकलौटी निर्णयः लोकतान्त्रिक छलफल र सहमति निर्माणको प्रयास नगरी, निश्चित समूहको एकलौटी निर्णयका आधारमा प्रतिनिधिका नामहरू घोषणा गरिएका छन ।
हाम्रा माग
१. दाङ जिल्लाबाट भएका प्रतिनिधि छनोटको सम्पूर्ण प्रक्रिया तत्काल खारेज गरियोस ।
२. पार्टी विधान, नियमावली र केन्द्रले तोकेको मापदण्डको पूर्ण पालना गरी निष्पक्ष र पारदर्शी ढंगले पुनः प्रतिनिधि छनोट प्रक्रिया सुरु गरियोस् ।
३.महासचिवको नाम जोडेर स्वेच्छाचारी निर्णय गर्ने जिल्ला नेतृत्वहरू माथि विधान अनुसार आवश्यक कारबाही गरियोस ।
पार्टीका लाखौं कार्यकर्ताको आस्था र विश्वासको धरोहर बनेको नेकपा (एमाले) लाई यस्तो गैर–लोकतान्त्रिक र विधिहीन अभ्यासले ठूलो क्षति पु¥याउँछ भन्ने हाम्रो ठहर छ । पार्टीको आन्तरिक जीवनलाई स्वस्थ, पारदर्शी र लोकतान्त्रिक बनाउनु हामी सबैको कर्तव्य हो । पार्टीलाई सही बाटोमा हिँडाउन र महाधिवेशनलाई विधि र पद्धतिको संगम बनाउन सम्पूर्ण दाङवासी पार्टी सदस्य तथा शुभचिन्तकहरूलाई यस संघर्षमा साथ दिन हार्दिक अपिल गर्दछौं ।
सुरेश गौतम
महाधिवेशन प्रतिनिधि उम्मेदवार
दाङ–२
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका
