महेन्द्रनगर, १४ मङ्सिर।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । निर्वाचन क्षेत्र नं २ मा सर्वसम्मत प्रतिनिधि चयन भए पनि निर्वाचन क्षेत्र नं १ र ३ मा भने शनिबार निर्वाचन भएको छ । क्षेत्र नं १ बाट खुला सदस्यतर्फ ४९८ मतसहित पल्लबराज भट्ट र ६३९ मतसहित वीरबहादुर थापा निर्वाचित भएका छन् ।
यसैगरी महिलातर्फ कमला चौधरी ५१७ मत र कल्पना गिरी ५१४ मतसहित निर्वाचित भए। साथै, युवातर्फबाट काशीराम बोहरा ५२१ मतसहित महाधिवेशन प्रतिनिधिका लागि छनोट बने। त्यसैगरी निर्वाचन क्षेत्र–२ मा भने पाँच जना सर्वसम्मत भएका छन् ।
खुला सदस्यमा रणबहादुर महरा र वचनबहादुर सिंह सर्वसम्मत चयन भए । महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी सर्वसम्मत चयन भएका छन् । युवातर्फबाट पनि प्रवीण बोगटी भए । क्षेत्र नं ३ बाट खुला सदस्यतर्फ डा दीपकप्रकाश भट्ट ५६७ र जनकराज अवस्थी ३३७ मतसहित निर्वाचित बने। दलिततर्फ आरपी सार्की तथा युवातर्फ ओम बस्नेत निर्वाचित भएका छन् ।
