जेन-जी अगुवा रक्षा बमले जनादेशबिनाको संविधान संशोधन मान्य नहुने बताएकी छिन्।स्वार्थसमूहबाट प्रेरित मानिसहरूले ‘प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन” सँगै ‘तत्काल संविधान संसोधन’ लेखिएको ड्राफ्ट अहिले शहरभरी घुमाइरहेको हल्ला छ भन्दै उनले यस्तो धारणा राखेकी हुन्।
“नेपालको संविधान २०७२ यत्तिकै आएको संविधान होईन । बर्षौको समय र हज्जारौंको बलिदानपश्चात बनेको संविधान हो यो ,”उनले सामाजिक सन्जालमा लेखेकी छिन्, ” मानिसहरु यसको मूल मर्ममा नै प्रहार गर्नेगरी संविधान संसोधनको मुद्दा उठाईरहेका छन् र यसबारेमा राम्रोसँग थाहैनभएका जेन जी साथीहरु उनीहरुको गोटी बनिरहेका छन् ।”
जेन जी साथीहरुले मात्र नभई समाजलाई बिभिन्न तरिकाले प्रभावमा पार्न सक्ने व्यक्तिहरुसमेत यस्तै ड्राफ्टलाई छलफलमा ल्याउदै हिडेको हामीले थाहापाएका छौं भन्दै उनले त्यस्ताे हुन नसक्ने बताईन्।
“हेक्का रहोस, देश भनेको जादुको छडीले चल्ने चीज होईन । देश चलाउनका लागि विधिको शासन, लोकतान्त्रिक मूल्य मान्यता र जनपक्षीय सहभागिताको आवश्यकता पर्छ; उनले भनिन्, उल्लेखित मुद्दाहरुको बिषयमा व्यापक छलफल हुनु जरुरी छ । हामी संविधान पुनरावलोकनको पक्षमा नै छौ तर त्यसका लागि जनादेश जरुरी छ ।”
,
