काठमाडौं, १६ मंसिर ।
इलामबाट नेकपा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। एमालेको ११ औ महाधिवेशनका लागि इलामबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनीधि छनौट भएका हुन् ।
सुहाङ नेम्वाङ,निरोज पौडेल, रबिन्द्र सुबेदी युवा नेतामा इलामका भबिष्यको नेतृत्वको रुपमा हेरिन्छ।सुबेदी जिल्लामा पार्टी सचिब छन।नेम्वाङ र पौडेल ४० बर्ष मुनीका नया अनहारका युवा हुन।
नेम्वाङ क्षेत्र न २ बाट बिघटित प्रतिनिधि सभा सदस्य हुन र पौडेल राष्ट्रिय युवासंघ नेपाल का प्रबक्ता हुन।
दुई वटा प्रतिनिधि सभा रहेको इलामबाट खुला, आरक्षित कोटा गरी २० जना प्रतिनिधि चयन भएका छन् । इलाम–१ बाट युवातर्फ पौडेल चयन भएका छन् ।
महिला तर्फ उमादेवी सुनुवार, शकुन्तला लेप्चा र सावित्रा शिवा निर्विरोध भएका छन् । खुला तर्फ उदयबहादुर राई, उमेश गुरुङ, काजीमान कागते, खम्बसिंह लिम्बु र दीपककुमार थेबे चयन भएका छन् ।
इलाम–२ बाट युवातर्फ रामप्रसाद सुवेदी (रविन्द्र) चयन भएका छन् । महिला तर्फ टीकादेवी घिमिरे, दिलकुमारी लिम्बु र पबिमाया राई चयन भएका छन् ।
विघटित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङ खुला तर्फबाट प्रतिनिधि चयन भएका छन् । नेम्वाङ सहित केशवकुमार धौराली, गणेशप्रसाद बराल, दिपेन्द्र खनाल, महेश बस्नेत र हेमन्त राई सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । दलित कोटाबाट देवेन्द्र विश्वकर्मा पनि निर्विरोध प्रतिनिधि चयन भए ।
