काठमाडौं, १६ मंसिर ।
नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्ष भागिरथ सापकोटाले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । नेकपा एमालेको उद्योगी व्यवसायीहरुको भातृ संगठनका रुपमा रहेको महासंघमा अध्यक्ष सापकोटाले आउदो ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने जनाएका हुन् ।
देशको बिग्रँदो अर्थतन्त्र सुधारका साथै उद्योगी व्यवसायीक समस्या समाधानका लागि पहल गरिरहेका अध्यक्ष सापकोटा एमालेवृत्तका व्यवशायीहरुमाझ लोकप्रिय छन् ।
मुलुकको आर्थिक सुधारका आवश्यक क्षेत्रलाई गहिरो रुपमा अध्ययन गरेर काम गरेका सापाकोटाले औपचारिक रुपमा केन्द्रीय सदस्य हुने नभनेपनि व्यवशायीक वृत्तमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताइसकेका छन् । नेपालको वर्तमान अर्थतन्त्रमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नका लागि कृषि क्षेत्रको व्यवसायीकरणको वकालत गर्दै आएका छन् । कृषि प्राधिकरणलाई निजी क्षेत्रको ५० प्रतिशत स्वामित्वमा स्थापना गर्नुपर्ने कुरामा जोड रहदै आएको छ ।
पर्यटन र हवाई क्षेत्रको संरचनामा सुधारको आवश्यकता रहेको र प्राधिकरणलाई नाफामा केन्द्रित गरिराख्नाले जलविद्युत र ऊर्जा क्षेत्रमा समस्याहरु उत्पन्न भइरहेको बेला एमालेले लिएको नीतिमा उनको व्यवशायीक धारणाले सहयोग पुग्ने बताइएको छ । एमालेको विद्यार्थी संगठनदेखि नै राजनीतिमा क्रियाशील रहेका सापकोटा पछिल्लो पटक जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा क्रियशील छन् । उनी महासंघको नेतृत्वमा आएपछि उद्योगी व्यवशायीहरुलाई परेको समस्या समाधन गर्न र कानुनी जटिलतालाई फूकाउन सरकारसँग पहल गरेका थिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
उद्योगी, व्यवशायीका नेता सापकोटाको केन्द्रीय सदस्यमा दावी
Previous Articleयुवासंघका प्रबक्ता पौडेल सहित इलाममा सर्वसम्मत
