काठमाडौ , २२ मङ्सिर ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौँ महाधिवेशनको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन्।
सोमबार दिउँसो ललितपुर–च्यासलस्थित केन्द्रीय कार्यालय पुगेका पोखरेलले आफू निकटका नेतासहित उपस्थित भएर अवधारणापत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेका हुन्।








































