काठमाडौं, २३ मङ्सिर ।
नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा २ हजार २ सय प्रतिनिधि सहभागी हुने भएका छन ।
केन्द्रीय सगठन विभागले प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुर्याएको छ ।
विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार महाधिवेशनमा आउनेमध्ये २ हजार १ सय ५४ जना निर्वाचित भएर आउने बताए । १ सय ८ जना केन्द्रबाट प्रतिनिधि मनोनीत हुने छन् । मनोनीतसहित प्रतिनिधिको संख्या २ हजार २ सय ६२ हुने अधिकारीले जानकारी दिए ।
