काठमाडौं, २५ मंसिर
भक्तपुर क्यान्सर अस्पतालमा कर्मचारीहरु भागभाग भएको छ । अस्पतालका निर्देशक उज्जवल चालिसेले लागत मूल्य भन्दा बढीको सामान खरिद गरी त्यसको भुक्तानी गर्न कर्मचारीलाई दबाब दिएपछि भागभाग भएको हो । चालिसेलाई तत्कालिन स्वास्थ्य मन्त्री प्रदीप पौडेलको सिफारिसमा मन्त्रिपरिषद्बाट नियुक्त गरिएको थियो । भुक्तानीमा दबाब बढेपछि लेखाअधिकृत सरुवा मागेर हिडेका छन् । एक बास्तोला थरका लेखाअधिकृतले यो भुक्तानी गर्न सकिदैन भनेपछि डा. चालिसेले दबाब दिएका थिए ।
उक्त नियुक्ति मन्त्री प्रदिप पौडेल को आर्थिक लेनदेनका कारण नौ तहको लाई निर्देशकमा नियुक्ति गरिएको स्रोतको दावी छ । कानुन विपरीत गठनादेश विपरीत अस्पतालका जुनियर डाक्टरलाई निर्देशकमा नियुक्त गरेको बिना कुनै प्रतिस्पर्धा नियमले प्रतिस्पर्धा तीनजना हुनुपर्ने हो । साथै आफ्नो र प्रशासनको कर्मचारीहरूको तलब भत्ता नेपाल सरकारको नियम विपरीत आफ्नो खुसीले भुक्तानी लिएको छन् ।
अस्पतालमा करार ज्यालादारी चाहिनेभन्दा धेरै कर्मचारीहरु नियुक्ति गरिएको छ । खरिद प्रक्रियामा पनि त्यस्तै अनिमितता गरिएको छ । गत आर्थिक वर्षमा खरिद गरिएका सबै सामानहरु स्पेस लक गरेर एकजना व्इक्तिको कम्पनीलाई मात्रै हुनेगरी सामान खरिद टेन्डरमा गरिएको थियो । सुर्खेतमा ६५ लाखमा खरिद गरिएको न्युरो माइक्रोस्कोप गत आर्थिक वर्षमा भक्तपुर क्यान्सर हस्पिटलमा सोही मेसिन १ करोड २५ लाखमा खरिद गरिएको छ ।
वेस्ट म्यानेजमेन्ट मेसिन गत आर्थिक वर्ष २ करोड ३० लाखमा टेन्डर प्रक्रिया लगेर दोब्बर रकममा एउटा कम्पनीलाई मात्र स्पेस लक हुनेगरी तयार पारिएको सम्झौता गर्न लाग्दाखेरि लेखाले भुक्तानी गर्न सकिन्न भनेपछि विरोध भएपछि मिसिन अस्पतालमा थन्काएर राखिएको छ । वेस्ट म्यानेजमेन्ट सिस्टममा हाल अख्तियारले छानबिन गरिरहेको छ ।
ल्याबको सामानमा पनि नचाहिने मेसिनहरू पनि जम्मा गरेर आर्थिक प्रलोभनका कारण थन्काएर राखिएको छ । ३० लाखसम्मको कोटेसन एउटै कम्पनीलाई दिइएको छ । जब कि १० लाख भन्दा माथि कुनै पनि कम्पनीलाई एउटैलाई दिन मिल्दैन १ लाखमा आउने सामान सामानहरू ६ लाखसम्म खरिद कर्मचारीहरू तथा निर्देशकको मिलोमत्तमा खरिद गरिएको पाइएको छ। र अहिले यस आर्थिक वर्षमा पेट कअबल भन्ने मेसिन २२ करोडको एउटा कम्पनीलाई मात्र दिने गरी स्पेक्क तयार गरिएको र पैसा नेपाल सरकारले फिर्ता लिने डरले चाँडो चाँडो भन्दा चाँडो टेन्डरमा लान लागिएको छ । उक्त मेसिनको लागि राख्ने ठाउँ छैन ।
मेसिनका लागि अस्पतालसँग जग्गा उपलब्ध छैन। र डाक्टर चालिसेले मन मनमैजी तरिकाले कर्मचारी भर्ती आफू निकट कर्मचारी डाक्टरहरूको प्रमोसन गरिरहेको छन् । सप्लायर कम्पनीहरूको स्पोन्सरमा छ महिनामा दुई पटक विदेश सेयर गर्ने गरेका छन् ।
न्युरो माइक्रोस्कोपको विषयमा जवाफ चित्त बुझ्दो नभएको १ करोड ४ लाखमा खरिद गरिएको छ । ५४ लाख पर्ने उपकरण यो भन्सारबाट पनि प्रमाणित हुन्छ कति हिनामिना भ्रष्टाचार भएको छ भन्ने, अख्तियारले कसरी लिन्छ यो विषयमा हेर्न बाँकी छ भक्तपुर क्यान्सर हस्पिटल डुब्ने अवस्थामा पुगेको छ । निर्देशकको कारणले २५ करोड सप्लायर कम्पनीहरुलाई तिर्न बाँकी छ ।
तर निर्देशक आफ्नै मन मोजमा लागेको कर्मचारीहरुले बताएका छन् । पैसा खर्च गर्न तलब तलब खुवाउन जथाभावी कर्मचारी भर्ती गरेर तलब दिइरहेछन् आफ्नो खुसी तलब तोक्दै बाँडिरहेका छन् । विभिन्न कन्फरेन्स अस्पतालको रकम उडाइरहेकोमा कर्मचारीले असन्तुष्टि जनाएका छन् । त्यही कारण लेखा अधिकृत तीन महिनामै सरुवा मागेर हिँडिसकेको छन् । पुराना कर्मचारीहरु काम गर्ने अवस्थामा छैनन ।
नेपाल सरकारका कर्मचारीहरू कोही पनि बस्न मानिरहेका छैनन् । भ्रष्टाचारमा मुच्छिने डरले कर्मचारीहरु कार्यालयमा बस्न डराइरहेका छन् । निर्देशक उज्जवल चालिसेले वित्तीय प्रमुख भुर्तेल थरका व्यक्तिलाई निरन्तर लेखा, खरिदमा दबाब दिँदै आएको स्रोतको दावी छ । अहिलेका भन्दा अगाडिका लेखा अधिकृत पनि काम गर्न नसकेर हिँडेका थिए । कर्मचारीहरूले डाक्टर चालिसेको आचरणमा पनि प्रश्न उठाउन थालिसकेको एक कर्मचारीले बताए ।
