काठमाडौ, २५ मंसिर ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य लालबहादुर थापाले आफू ११ औ महाधिवेशनमा केन्द्रीय सचिवको उम्मेदवार रहेको बताएका छन् ।
कुशल संगठकको परिचय बनाएका थापा नवौ र दशौ महाधिवेशनबाट लगातार रुपमा केन्द्रीय सदस्य रहदै आएका छन् । उनी एमालेको अहिले संगठन विभाग सदस्य पनि हुन ।
५७ वर्षअघि अहिलेको बुढीगंगा नगरपालिका अन्र्तगतको ब्रहमतोलाको ताप्रामा जन्मेका थापा हल्ला भन्दा बढी काममा विश्वास गर्छन ।
ओलीकै नेतृत्वमा एमाले र देश बन्छ
अहिलेसम्म किन सचिवमा उम्मेदवार हुने कुरा किन बाहिर ल्याउनु भएन भन्ने नेपाल चर्चाको प्रश्नमा उनले भने अहिलेको अवस्थामा म भन्दा पनि अध्यक्षमा फेरि केपी शर्मा ओली बनाउनु पर्ने जिम्मेवारी हाम्रो काँधमा छ, म सचिव बन्ने कुरामा नेतृत्वले नै ध्यान दिने अपेक्षा गरेको छु ।
मैले पार्टीले दिएका सबै काम कुशलतापूर्वक पुरा गरेको छु त्यो कुरा पार्टी नेतृत्वलाई थाहा छ त्यसैले यसपटक आफ्नो उचित मुल्यांकन हुने उनको विश्वास छ ।
देश, देशीविदेशी तत्वको षड्यन्त्रबाट गम्भीर दुर्घट्नामा परेको छ यस्तो बेला साहसिक नेतृत्वको आवश्यक्ता छ, अहिलेको अवस्थामा ओली नै साहसिक र देश बनाउन सक्ने नेता हो त्यसैले ओलीलाई फेरि नेतृत्वमा पुगाउनुपर्छ नेता थापाले ओलीलाई अध्यक्ष बनाउनाको कारण खुलाउदै भने ।
अहिले बाजुरा जिल्ला इन्जार्ज समेत रहेका थापा जेनजी आन्दोलन लगत्तै जिल्ला टेक्ने नेता पनि हुन । उनको अगुवाइमा बाजुराभर एमालेले राजनीति गतिविधि गरेको थियो । त्यसमा उनलाई लालबहादुर ओली नेतृत्वको जिल्ला कमिटीले साथ दिएको थियो ।
यद्यपी यही बेला बुधबार सुदूरपश्चिमबाट एमालेको केन्द्रीय कमिटीमा रहेका बीचमा भएको छलफलमा पनि आफूले सचिव हुने दावेदारीका आधार प्रस्तुत गरेको उनले बताए ।

नेपाल ल क्याम्पसमा पढ्दा २०४४ सालदेखि विद्यार्थी हुँदै पार्टी राजनीति गरेका थापा त्यतिबेला क्याम्पस प्राकको उपाध्यक्ष र क्याम्पसकै पार्टी कमिटी सदस्य थिए । त्यतिबेला पार्टी कमिटीको सदस्य हुनु ठुलो उपलब्धी मानिन्थ्यो ।
त्यसपछि ०५३ सालमा जिल्ला कमिटी सचिव भएर पार्टी प्रमुखको जिम्मेवारी सम्हालेका थापा ०६९ मा पनि जिल्ला अध्यक्ष भएका थिए ।
बाजुरा विकासका बहाक
पार्टी सचिव भएर नेतृत्व गरेकै बेला भएको २०५४ को स्थानीय निकायको चुनावमा जिल्लाभर अत्याधिक गाविस जिताएर कलिलै उमेरमा जिल्ला विकास समितिका सभापति भएका थापाले नै बाजुरामा पञ्चवर्षिय योजना बनाएर विकासको काम शुरु गरेका थिए । यसरी पञ्चवर्षिय योजना बनाएर जिल्लाको विकासमा लाग्ने सम्भवत उनी मात्र नेपालका एक्ला जिविस सभापति थिए ।
आफू नेतृत्वमा हुँदा जहिले एमाले पहिलो भएको उनको दावी छ । उनी भन्छन् ०५४ को स्थानीय चुनावपछि ०६९ मा जिल्ला अध्यक्ष भएपछि मैले एमालेलाई २०७० को संविधान सभामा जिताए । त्यसैको जगमा ०७४ मा मैले पनि प्रतिनिधि सभा सदस्यको चुनाव जिते ।
०७४ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि पनि उनले बाजुराको विकासमा महत्वपूर्ण योगदान पुगाएका थिए ।
अहिलेका लगातार दुईपटक गौमुल गाउँपालिकाको अध्यक्ष रहनु भएका हरि रोकाया विकट बाजुरा जिल्लाको पनि विकट गाउँबाट विकास शुरु गर्नुपर्छ भन्ने काम अहिले प्रभावकारी थियो भन्ने प्रमाणित भएको बताउछन् ।

एमाले बाजुराका उपसचिव समेत रहेका रोकायाले यसअघि उहाँ भन्दा पछाडि पार्टी काममा लागेकालार्ई पोलिटव्युरो सदस्य बनाइयो अब यसपाली उहाँको उचित मुल्यांकन हुनु पर्ने धारणा पनि राखे ।
विकासका सन्र्दभमा थापाले बाजुरामा नपुगेको गाउँ र नदेखेको खोलो छैन होला समेत भन्ने गरिन्छ ।
कानुन र शिक्षा विषयमा स्नातक गरेका थापा वकालत मार्फत पनि बाजुराका जनताको सेवा गरिरहेका छन् ।
शान्ति र प्रजातन्त्रको प्राप्तिको संघर्ष
पञ्चायतविरुद्ध काठमाडौमा लडेका थापा, २०५० सालको मदन भण्डारी हत्या काण्डमा पनि सडकमै थिए । अन्याय बिरुद्ध सँधै बुलन्द आवाज उठाउने थापालाई द्धन्द्धकालमा भने राजतन्त्रपक्षका पक्षधरको उक्साहटमा सुरक्षाफौज र द्धन्द्धरत माओवादीबाट ज्यान जोगाउनै गाह्रो भयो ।
संकटकालमा जिल्ला बसेर जनतालाई सुरक्षा दिने नेताको छवी समेत बनाएका थापालाई सेना र प्रहरीले पटकपटक दुःख दिन खोजेको थियो भने ०५९ सालमा शान्ति र प्रजातन्त्रका लागि एमालेले थालेको अभियानका क्रममा बाजुराको मैरेबाट उनलाई माओवादीले अपहरण गरेर १५ दिन राखेको थियो ।
जिल्लामै बसेर जनताका पक्षमा लाग्दा नेता थापाले कमाएको लोकप्रियता देखेर राजतन्त्र पक्षधर र माओवादी दुबै पक्ष आत्तिएर उनलाई दुःख दिएको धेरैको बुझाइ छ । उनलाई जनता र एमाले कार्यकर्ताको दुखको साथीका रुपमा समेत बाजुरामा चिन्ने गरिन्छ ।
