काठमाडौ,६ पुस।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ । काठमाडौंको बनस्थलीस्थित कार्यालयमा उनलाई स्वागत गर्न कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो ।
भैरहवा कारागारबाट मुक्त भएपछि हिजो काठमाडौं आएका लामिछानेलाई आज बाजागाजासहित पार्टी कार्यालयमा स्वागत गरिएको हो । स्वागत कार्यक्रमपछि आजै रास्वपाको केन्द्रीय समिति बैठक बस्ने पार्टीले जनाएको छ ।
