काठमाडौ , ७ पुस
गत भदौ २३ र २४ गते सम्पन्न जेन-जी आन्दोलनको विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सोमबार राष्ट्रिय मानव अधिकार आयोगमा उपस्थित भई बयान दिएका छन्।
आयोगले उक्त आन्दोलनका क्रममा भएका घटनाबारे स्पष्टिकरण लिन शाहलाई बोलाएको जनाएको छ। सोही अनुरूप मेयर शाह आयोगमा उपस्थित भई आफ्ना धारणा राखेका हुन्।
यद्यपि आयोगमा बालेनले दिएको बयानको विषयवस्तुबारे उनकाे सचिवालयले हालसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
