काठमाडौं, ११ पुस । वैकल्पिक शक्ति निर्माणका लागि लागेका बालेन्द्र साह (बालेन)ले मंगलबार विहानदेखि साँझ सम्म राजनीतिक गैर राजनीतिक भेटघाट गरे । उनले आफू राजनीतिमा आइसकेको जानकारी दिन र दल खोल्न लागेको जानकारी दिन सक्रिय भएका थिए । यस समयमा उनले कसलाई कुन समयमा भेट गरेका थिए भनेर नेपाल चर्चाले एउटा टाइमलाइन प्रस्तुत गरेको छ ।
१० पुसको बिहानः
– ८ः०० ज्वागल पुगे
– ८ः३० कुलमान प्रवेश
– ११ः०० कुलमान बाहिरिए
– १२ः०० १२ः१५ सागर ढकाल र सुनिल
शर्मा प्रवेश
– १२ः३० रवि लामिछाने प्रवेश
– १ः२३ सुनिल शर्मा बाहिरिए
– २ः१५ पठाओका सीईओ असिममान प्रवेश
–३ः०० अमरेश कुमार सिंह प्रवेश
– ३ः१५ रवि लामिछाने बाहिरिए
– ३ः४५ जेनजी अगुवाको प्रवेश
– ४ः२५ शिशिर खनालको प्रवेश
– ४ः४५ डा. बाबुराम भट्टराईको प्रवेश
– ५ः२० जेनजी अगुवासँगको भेटघाट
– ५ः४५ डा. बाबुराम भट्टराई बाहिरिए
अभियान्ता खगेन्द्र सुनुवार लगायत बाहिरिए ७ः५५ बालेन बाहिरिए।
