एमालेभित्र पाण्डेको बौद्धिकता, विज्ञता, सफल पूर्व अर्थमन्त्रीका सााथै विद्यार्थी, युवा, कर्णाली, कोशी, उपत्यका, वागमतीदेखि सुदुरपश्चिम क्षेत्रसम्म ईन्चार्ज बनेर कमाण्ड गरेको मात्र होइन, राष्ट्रिय सभाको प्रमुख सचेतक, संसदीय दलको उपनेता, संविधान लेखन मस्यौदा समितिको मस्यौदाकारको भूमिकाबाट विगतमा बनेको व्यक्तित्वदेखि अहिले विश्वमा नयाँ आयामका रुपमा देखिएको डाटा पुजिवादको नेपालकै चर्चित विज्ञका रुपमा बनेको व्यक्तित्वले राष्ट्रिय चर्चामा ल्याएको छ ।
काठमाडौं, १२ पुस । तराईमा शितलहर चल्दैछ । पुसको कठ्याङ्ग्रिदो चिसोले आम मानिसलाई ठियाइरहेको छ । यस्तो ठियाउँदो चिसोमा पनि ३ पुसमा सकिएको ११ औं महाधिवेशनको जित–हारको लेखाजोखाको तात्तातो बहस एमालेमा भने अझै सेलाएको छैन ।
महाधिवेशनमा अध्यक्षका उम्मेद्वार ईश्वर पोखरेलले जम्मा ५ सय ६४ मत पाउँदा हजारलाई एक मत कम अर्थात महासचिवमा ९ सय ९९ मत पाएका पाण्डेको वलियो उपस्थिति र उनले दिएको टक्करबारे अनेकन कोणबाट चर्चा हुने गरेको छ ।
एमालेको एघारौ राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीको जित भन्दा पनि केन्द्रीय कार्यालय च्यासलदेखि ७ सय ५३ ओटै पालिकाका बजार र चिया चौतारीमा दुई जना पदाधिकारीका उम्मेद्वारको हारबारे बढि नै चर्चा हुने गरेको छ । ओलीको जितलाई महाधिवेशनअगावैदेखि सुनिश्चित मानिएकाले अस्वभाविक मानिएको छैन । तर, महासचिवमा पराजित सुरेन्द्र पाण्डे र उपमहासचिवमा पराजित विष्णु रिमालको हारका विषयमा भने च्यासलदेखि देशभरीका चियाचौतारीमा बढि नै चर्चा हुने गरेको हो ।
महाधिवेशनमा अध्यक्षका उम्मेद्वार ईश्वर पोखरेलले जम्मा ५ सय ६४ मत पाउँदा हजारलाई एक मत कम अर्थात महासचिवमा ९ सय ९९ मत पाएका पाण्डेको वलियो उपस्थिति र उनले दिएको टक्करबारे अनेकन कोणबाट चर्चा हुने गरेको छ ।
उनले ल्याएको मत हेर्दा अहिलेकै गतिमा अगाडि बढेको अबस्थामा र तलैसम्म कार्यकर्ताबीच घुलमिल हुँदा १२ औं राष्ट्रिय महाधिवेशनमा पाण्डेलाई अध्यक्षको वलियो उम्मेद्वार बन्न कसैले छेक्न नसक्ने प्रष्ट तस्वीर देखाएको छ । परिणामको लेखाजोखाका आधरमा उनलाई नै १२ औं महाधिवेशनमा अध्यक्षको सबैभन्दा वलियो उम्मेद्वारका रुपमा हेर्न थालिएको छ । अर्को महाधिवेशनसम्म पुग्दा ओली टिम क्रमशः विष्णु र शंकरतिर विभक्त हुने र त्यसभित्र पनि पदाधिकारीमा महेश बस्नेतको प्रभावशाली उपस्थितिका कारण अनेकन् उपगुटहरु पनि तयार हुनसक्ने भएकाले पनि पाण्डेलाई अर्को खेमाको एकल वलशाली नेताका रुपमा हेर्न थालिएको हो ।
अर्को महाधिवेशनसम्म पुग्दा ओली टिम क्रमशः विष्णु र शंकरतिर विभक्त हुने र त्यसभित्र पनि पदाधिकारीमा महेश बस्नेतको प्रभावशाली उपस्थितिका कारण अनेकन् उपगुटहरु पनि तयार हुनसक्ने भएकाले पनि पाण्डेलाई अर्को खेमाको एकल वलशाली नेताका रुपमा हेर्न थालिएको हो ।
यसो भन्नुका पछाडी अनेक कारण छन् । पहिलो, ओलीको एकलौटी दबदबा, एकलौटी मनोनयन, सत्ताको दबाब र प्रभावलाई चिरेर उनले आफ्नो प्यानलले ल्याएको पोखरेलको मत भन्दा ४ सय ३५ मत ओली क्याम्पबाट क्रस गराउन सफल भए । जुन मत पोखरेलको प्यानलबाट अरु कोही महासचिवमा उठ्दा त्यति मत क्रस गराउन नै सम्भव थिएन । जिन नै चेक गरेर प्रतिनिधि बनाइएको अबस्थामा पनि कसरी त्यति धेरै मत क्रस भयो भन्ने विषयले ओली निवास गुण्डुतिर टाउको दुखाई मात्र बनेको छैन, सुरेन्द्र पाण्डे नै नियमित चर्चाको केन्द्रीय पात्र बनेका छन् । अझ शंकर पोखरेलले नै पाण्डेसँगको प्रतिस्पर्धा पेचिलो रहेको र घेराबन्दी तोडेर बल्लतल्ल जित्न सफल भएको स्वीकारेर फेसबुक स्टाटस नै लेखेपछि पाण्डेको चर्चा सबैतिर नहुने कुरै भएन ।
अर्को, पार्टी सत्ताको प्रभाव क्षेत्रबाहिरबाट आउने प्रतिनिधिको स्वविवेकीय मत क्षेत्रमा जताततै पाण्डे नै हावी देखिए । पार्टी कामको मुख्य क्षेत्र अर्थात आधार क्षेत्र सातओटा प्रदेश नै हो । पाण्डेले ती मुख्य आधार क्षेत्रमा बहालवाला महासचिव शंकर पोखरेललाई आच्छुआच्छु मात्र पारेनन्, ती क्षेत्रहरुबाट उनले भन्दा बढि मत ल्याएर प्रतिस्पर्धीलाई फिक्का नै सावित गरिदिए । किनभने भूगोलतर्फको करिब १६ सय आसपास मतमा पाण्डे एक्लैले कम्तीमा ९ सय आसपास मत ल्याएको अनुमान छ ।
भूगोलबाहेकका क्षेत्रहरु पार्टी सत्ता प्रभावित क्षेत्र हो, जहाँ ९० प्रतिशतभन्दा बढि स्वत प्रतिनिधि र टिके प्रतिनिधिको दबदबा छ । २३ जनवर्गीय संगठनको अधिकांश नेतृत्व ओलीको एकलौटी छनोट टिके प्रथाबाट मनोनित नेतृत्व भएको क्षेत्र हो । ती क्षेत्रबाट कम्तीमा १ सय ५० जति प्रतिनिधि आएकाले पाण्डेलाई २÷४ मतबाहेक क्रस हुने कुरै भएन ।
त्यसो हुँदा ती क्षेत्रबाट पोखरेलले २ सय मत कम अर्थात ७ सय मत मात्र ल्याए । करिब ९५ प्रतिशत आयोजक र मनोनित प्रतिनिधि रहेको ७ सय मतमा पाण्डेलाई १ सय आसपास आसपास आएको अनुमान छ ।
भूगोलबाहेकका क्षेत्रहरु पार्टी सत्ता प्रभावित क्षेत्र हो, जहाँ ९० प्रतिशतभन्दा बढि स्वत प्रतिनिधि र टिके प्रतिनिधिको दबदबा छ । २३ जनवर्गीय संगठनको अधिकांश नेतृत्व ओलीको एकलौटी छनोट टिके प्रथाबाट मनोनित नेतृत्व भएको क्षेत्र हो । ती क्षेत्रबाट कम्तीमा १ सय ५० जति प्रतिनिधि आएकाले पाण्डेलाई २÷४ मतबाहेक क्रस हुने कुरै भएन ।
अर्काे, ईश्वर पोखरेल पक्षलाई पत्तै नदिई १ सय ८ जना प्रतिनिधि मनोनित गरिएकोमा पाण्डेलाई बढिमा १०÷१५ भन्दा बढि मत नखसेको अनुमान गरिदैंछ । अर्को, ३ सय ५५ सदस्यीय केन्द्रीय कमिटी, केन्द्रीय अनुशानस र लेखा आयोगको ५० जनासहित स्वत ४ सय ४ जना जति प्रतिनिधि बने । यो क्षेत्रबाट पोखरेलको पक्षमा खुलेका ५० केन्द्रीय सदस्यमा पाण्डेले भने ७०÷८० हाराहारी मत ल्याएको अनुमान छ । प्रवास क्षेत्र पनि पार्टी नेतृत्वले टिके प्रथाबाट मनोनित गर्ने क्षेत्र हो ।
ईश्वर पोखरेल पक्षलाई पत्तै नदिई १ सय ८ जना प्रतिनिधि मनोनित गरिएकोमा पाण्डेलाई बढिमा १०÷१५ भन्दा बढि मत नखसेको अनुमान गरिदैंछ ।
त्यहाँबाट पनि २०÷२५ जति प्रतिनिधि एकलौटी थिए । सम्पर्क विशेष क्षेत्रबाट पाण्डेलाई ३०÷३५ प्रतिशत मात्र मत खसेको अनुमान गरिएको छ । प्रदेशस्तरीय केन्द्रीय सम्पर्क समन्वय कमिटीको अहिलेसम्म अधिवेशन गरिएको छैन । केन्द्रले तोकेको व्यक्ति नै संयोजक, सहसयोजक र सचिव रहने व्यबस्था भएकाले यो पनि छाताको रुपमा रहने केन्द्रीय सम्पर्क टिके प्रथाबाटै संचालित क्षेत्रका रुपमा बुझ्दा हुन्छ ।
अर्कोतिर, विशेष प्रदेश क्षेत्रबाट आउने प्रतिनिधिमा पनि महासचिव शंकर पोखरेलकी श्रमीमती सुजिता शाक्यले कर्मचारी र पेशागत क्षेत्रमा काम गर्ने मान्छेलाई धाकधम्की दिएर प्रतिनिधि ल्याउन एकलौटी गरेको उजुरी छँदैछ । त्यस हिसाबले पनि पाण्डेले कसरी त्यति धेरै मत ल्याउन सफल भए भन्ने विषय नियमित रुपमै चर्चा र खोजिको विषय बनिरहेको छ ।
एमालेभित्र पाण्डेको बौद्धिकता, विज्ञता, सफल पूर्व अर्थमन्त्रीका सााथै विद्यार्थी, युवा, कर्णाली, कोशी, उपत्यका, वागमतीदेखि सुदुरपश्चिम क्षेत्रसम्म ईन्चार्ज बनेर कमाण्ड गरेको मात्र होइन, राष्ट्रिय सभाको प्रमुख सचेतक, संसदीय दलको उपनेता, संविधान लेखन मस्यौदा समितिको मस्यौदाकारको भूमिकाबाट विगतमा बनेको व्यक्तित्वदेखि अहिले विश्वमा नयाँ आयामका रुपमा देखिएको डाटा पुजिवादको नेपालकै चर्चित विज्ञका रुपमा बनेको व्यक्तित्वले राष्ट्रिय चर्चामा ल्याएको छ ।
उनको यो व्यक्तित्व पदमा होस् कि नहोस्, एमालेले नजरअन्दाज गर्दा वा कुनै भूमिका नदिईदा सिंगो पार्टीलाई नै ठूलो घाटा हुनसक्ने अनुमान गरिएको छ । अर्कोतर्फ, पार्टी केन्द्रमा नहुँदाको अबको ५ वर्षको समयलाई आफ्नै तरिकाले देश दौडाह र भेटघाटमा लागे भने पाण्डेलाई १२ औं महाधिवेशनमा कसैले अध्यक्ष बन्नबाट रोक्न नसक्ने अनुमान गरिएको छ ।
निर्वाचन राती गर्नुहुँदैन भनेर दिउँसै मिडियामा बोलेर योगेश भट्टराईले पनि महेश बस्नेतसँगको साँठगाँठमा वाताबरण तयार पारेको हो कि भन्ने आशंका पनि कतिपय नेताहरुले गर्ने गरेका छन् । आफ्नो जित सुनिश्चित पार्न पनि भट्टराईले कतै चुनाव सार्न सहयोग पु¥याउँदा ओलीलाई टिम एक बनाउन र पाण्डेले हराउन कतै सहयोग पुगेको त होइन भन्ने कोणबाट पनि यदाकदा चर्चा हुने गरेको छ ।
त्यसो त, अध्यक्ष ओलीले नै १ पुसमा हुने मतदान रोक्नुका पछाडि ७ प्रदशमै पाण्डे हावी रहेको रिर्पोट प्राप्त गरेर हो भन्ने व्यापक चर्चा छ । पाण्डेले अलि कमजोर मानिएको सुदुरपश्चिम र मद्येस प्रदेशलाई पनि मिलाएर आफूलाई जित्ने अबस्थामा पु¥याएको रिर्पोटका कारण लाईन लागेका प्रतिनिधिलाई पनि फर्काएर भोलिपल्टका लागि सारेको बुझिन्छ ।
निर्वाचन राती गर्नुहुँदैन भनेर दिउँसै मिडियामा बोलेर योगेश भट्टराईले पनि महेश बस्नेतसँगको साँठगाँठमा वाताबरण तयार पारेको हो कि भन्ने आशंका पनि कतिपय नेताहरुले गर्ने गरेका छन् । आफ्नो जित सुनिश्चित पार्न पनि भट्टराईले कतै चुनाव सार्न सहयोग पु¥याउँदा ओलीलाई टिम एक बनाउन र पाण्डेले हराउन कतै सहयोग पुगेको त होइन भन्ने कोणबाट पनि यदाकदा चर्चा हुने गरेको छ ।
निर्देशन पालना गर्दै भोलिपल्टको मतदानमा महासेठ पत्नी जुलीले भोलन्टिर्यस फोर्सलाईसमेत प्रयोग गरेर आफैले मधेस क्षेत्रका १ सय भन्दा बढि प्रतिनिधिको मत एकलौटी रुपमा गुटमा हाल्न लगाएर पाण्डे र आफूलाई हराइएको गोकूल बाँस्कोटाले निकटस्थहरुलाई बताउने गरेका छन् ।
त्यसो त, निर्वाचन सारिएको १ पुसकै बेलुकी राती ओलीले गुण्डुमा बोलाएर अहिले पाण्डे महासचिव बने अर्को पटक अध्यक्ष बन्ने भन्दै मधेसमा जसरी पनि रोक्न विष्णु पौडेल र रघुवीर महासेठलाई कडा निर्देशन दिएका थिए । त्यही निर्देशन पालना गर्दै भोलिपल्टको मतदानमा महासेठ पत्नी जुलीले भोलन्टिर्यस फोर्सलाईसमेत प्रयोग गरेर आफैले मधेस क्षेत्रका १ सय भन्दा बढि प्रतिनिधिको मत एकलौटी रुपमा गुटमा हाल्न लगाएर पाण्डे र आफूलाई हराइएको गोकूल बाँस्कोटाले निकटस्थहरुलाई बताउने गरेका छन् ।
यी सबै घटनाक्रम हेर्दा पाण्डेमाथि अहिल्यैदेखि १२ औं महाधिवेशनमा अध्यक्ष बन्न केपी ओलीले झेली खेल खेलेका छन् । तर, पूर्वराष्ट्रपति विद्या भण्डारीको ब्याकिङ र मदन भण्डारी फाउण्डेशनको देशव्यापी सञ्जाल प्रयोग गर्दै पाण्डे पनि ओली जस्तै पराजित भएर धुलो टकटक्याएर उठ्दै अध्यक्ष बन्नेगरी अन्तिम धक्काका लागि जुट्ने बताइन्छ ।