काठमाडौं, १३ पुस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच आइतबार बिहान ७ बुँदे सम्झौता भएको छ। सम्झौतासँगै दुवै पक्षबीच औपचारिक एकता भएको घोषणा गरिएको छ।
सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको नाम, चुनाव चिह्न र संगठनात्मक संरचना यथावत् रहनेछ। पार्टीको समग्र नेतृत्व रवि लामिछानेले सम्हाल्नेछन् भने बालेन शाहलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा अघि सारिने सहमति भएको छ।
१३ पुसमा सम्पन्न उक्त सम्झौतापत्रमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हस्ताक्षर गरेका छन्। दुवै नेताबीचको सहमतिलाई नयाँ राजनीतिक ध्रुवीकरणका रूपमा हेरिएको छ।
सम्झौताले वैकल्पिक राजनीतिक शक्तिलाई सशक्त बनाउने दाबी दुवै पक्षले गरेका छन्। आगामी दिनमा पार्टीको कार्यदिशा, नीति र रणनीति संयुक्त रूपमा अघि बढाइने जनाइएको छ।
हेर्नुस् सम्झौता :

