काठमाडौंं, १३ पुस ।
मधेस केन्द्रीत दुई दल जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)बीच एकताको अन्तिम तयारी भएको छ । लोसपाका नेता शरतसिंह भण्डारीका अनुसार केहिबेरमा दुई पार्टीबीचको एकीकरणमा हस्ताक्षर हुनेगरी सहमतिपत्रलाई अन्तिम रुप दिने तयारी भइरहेको छ ।
सहमतिपत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गर्नेछन् । पार्टी एकतापछि सोमबार समानुपातिकतर्फको बन्दसूचि बुझाउनेगरी तयारी भइरहेको पनि उनले जानकारी दिए ।
