काठमाडौंं, १३ पुस ।
मधेस केन्द्रीत दुई दल जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)बीच एकिकरण भएको छ । लोसपाका नेता शरतसिंह भण्डारीका अनुसार दुई पार्टीबीच एकीकरण भएको हाे ।
सहमतिपत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन् । पार्टी एकतापछि सोमबार समानुपातिकतर्फको बन्दसूचि बुझाउनेगरी तयारी भइरहेको पनि उनले जानकारी दिए ।

