काठमाडौ,१४ पुस।
काठमाडौंका मेयर बालेन्द्र (बालेन) साहसँगै महानगरीय सुरक्षा बलका प्रमुख राजु पाण्डे पनि साँसदको चुनाव उठ्ने तयारीमा छन् । रवि लामिछाने र रास्वपाद्वारा आगामी प्रधानमन्त्री भन्दै अगाडि सारिएका बालेन काठमाडौंको कुनै एउटा निर्वाचन क्षेत्रबाट उठ्ने छन् भने पाण्डेले निर्वाचन क्षेत्र तय गरिनसकेको स्रोतले बतायो ।
त्यसकै लागि उनले राजिनामा दिन लागेको स्रोतले जनाएको छ । प्रहरीको इन्स्पेक्टरमा असफल भएका पाण्डे महानगर बलमा जागिर खाएका थिए । उनी अहिले महानगरीय सुरक्षा बलका प्रमुख छन् ।
