काठमाडौ,१४ पुस।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आगामी निर्वाचनमा सँगै अघि बढ्ने सहमति भएको खबर सार्वजनिक भएकाे छ ।
जेन–जी आन्दोलनका अगुवा तथा हामी नेपाल का संयोजक सुदन गुरुङले तीन नेताबीच चुनावी सहमति जुटेको जानकारी दिएका हुन्। उनले आफूले रवि लामिछाने, बालेन्द्र साह र कुलमान घिसिङलाई एकै ठाउँमा ल्याएको दाबी गरेका छन्।
तीनै नेताबीच सहमति गराउन पाउँदा खुसी लागेको बताउँदै गुरुङले केही समयमै सम्झौतापत्र सार्वजनिक गरिने जानकारी दिए। “सहमतिका सबै विषय अहिले सार्वजनिक गर्न मिल्दैन, केही बेरमै उहाँहरू स्वयंले घोषणा गर्नुहुनेछ,” गुरुङले भने।
